पौष ०२, काठमाडौं । छिस्ती बाग्लुंगका शिब पौडेल रुखबाट खसेर ढाड भाँचिएपछी उपचारका लागि मितेरी समाज कतारले सहयोग गरेको छ । जैमुनी नगरपालिका बाग्लुंग पौडेलको आर्थिक अबस्था निकै कम्जोर भएकाले उनको उपचारको लागि रु. १ लाख १ रुपियाँ रकम सहयोग गरेको मितेरी समाजले जनाएको छ ।
घाइते पौडेलको हाल हस्पिटलमा उपचार भैरहेको छ ।
यस्तो छ मितेरी समाज कतारको सहयोग पत्र
मिति:२०१८/१२/८
श्रीमान् शिब पौडेल ज्यु,
जैमुनी नगरपालिका छिस्ती बाग्लुंग
हाल :राष्ट्रिय ट्रमा सेन्टर , काठमान्डौ , नेपाल |
HOSPITAL NO:150030, INPATIENT NO : 119434, NEURO SPINE WARD BED NO: 507
बिषय :सहयोग रकम पठाएको बारे |
महोदय
“सेवा नै धर्म हो” भन्ने मूल मन्त्र बोकेर सन् २०१४ मा मितेरी समाज (यु.ए.ई.)को स्थापना गरिएको हो| यस मितेरी समाजले आफ्नो समाज बिस्तार गर्दै जाने क्रममा ,नेपाल सरकारको नियम भित्र रही नेपालमा पनि दर्ता भई, हाल १ वर्ष अघि कतारमा पनि स्थापना भएर सामाजिक सेवामा सक्रीय रहदै आएको छ | यस “मितेरी समाज कतार” मा आएको जानकारी अनुसार ,तपाइँ श्री शिब पौडेल घरेलु कामको सिलसिलामा घाइते भैई अहिले उपचारर्थ माथि उल्लेखित अस्पतालमा रहेको र तपाइको आर्थिक अवस्था निकै कमजोर भएको साथै तपाइको धर्मपत्नीको पनि स्वास्थ्य नाजुक रहेको जानकारी हामीलाई प्राप्त भएकोले , यस मितेरी समाज कतारका सम्पूर्ण सदस्यहरुले आफ्नो हैसियतले भ्याएसम्मको केहि रकम सहयोगको रुपमा संकलन गरि रु : १,००,००१/- (अक्षेरुपी एक लाख नेपाली रुपियाँ ) यसै पत्र साथ यहाँको उपचारको लागि पठाएको जानकारी गराउदछौ |
आगामी दिनमा पनि तपाइको उपचारर्थ कुनै कठिनाइ आउन नदिनको लागि यस “मितेरी समाज कतार”ले अन्य सामजिक संघ- संस्था , समाजसेबी, बुद्धिजीवी , पत्रकार लगाएत सम्पूर्ण मनकारी मनहरुसंग सहकार्य गर्दै यहाँलाइ सहयोग गरिरहने बाचा गर्दछौ साथै यसै पत्र मार्फत तपाइ र तपाइको धर्मपत्नीको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौ |
धन्यवाद |
मितेरी समाज कतार परिवार |
दोहा , कतार
भिडियो हेर्नुहोस
प्रतिक्रिया दिनुहोस