विप्लव नेकपाका जनसरकार प्रमुखसहित २ जना गिरफ्तार


मङ्सिर १, इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेता-कार्यकर्तालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । आउदो मंसिर ८ को बिशाल जनसभा नजिकिँदै गर्दा नेकपाका नेता कार्यकर्तालाई गिराफ्तार भएका हुन् ।

यसरी गिरफ्तार पर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा जिल्ला जनसरकारका प्रमुख नवराज तामाङ र छिरिङ रहेका छन् ।

उनीहरुलाई इलाम जिल्ला सदरमुकाम नजिक भञ्ज्याङबाट पार्टीको प्रचार गर्दै हिड्ने क्रममा गिरफ्तारीमा परेका हुन् ।

आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै उक्त पार्टीका जिल्ला इन्चार्ज सर्व श्रेष्ठले आपत्ति जनाएका छन् । इन्चार्ज श्रेष्ठले आफ्ना नेताकार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्न समेत माग गरेका छन् ।

२०७५ मंसिर १,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको