मङ्सिर १, काठमाडौँ । पाइलटले रक्सीसहितका नसालु पदार्थ खाएर विमान चलाउने क्रम बढेपछि जापानमा नयाँ प्रणाली लागु हुने भएको छ ।
जापानका एयरलाइन्सहरुले विमानस्थलमा नयाँ ब्रेथलाइजर सिस्टम लागु गर्ने भएका हुन् । रक्सी खाएको अवस्थामा एक पाइलट हिटथ्रो विमानस्थलबाट पक्राउ परेपछि एयरलाइन्सले नयाँ ब्रेथलाइजर सिस्टम लागु गर्ने भएका हुन् । कात्सुतोशी जिट्सुकावा नाम गरेका पाइलट गएको महिना रक्सी खाएको अवस्थामा पक्राउ परेका हुन् ।
उनको शरीरमा रक्सीको मात्रा कानुनी रुपमा मान्य भन्दा नौ गुणा बढी रहेको पाइएको थियो । उनले पक्राउ पर्नुअघि एयरलाइन्सको ब्रेथलाइजर टेस्टमा चिट अर्थात छल गरेका थिए ।
यस्तै जापानी एयरलाइन्सका उडानहरु लाइलटले नसालु पदार्थ खाएका कारण ढिलो हुने गरेका कारण पनि नयाँ ब्रेथलाइजर सिस्टम ल्याइएको हो । जापानले कानुनमा पाइलटको खान मिल्ने रक्सीको सीमा तोकेको छैन । यसका लागि एयरलाइन्सले नै व्यवस्था गर्ने छुट छ ।
गएको महिना पक्राउ परेका पाइलट जिट्सुकावाको प्रति १०० मिलिलिटर रगतमा १८९ जिएम रक्सीको मात्रा पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस