लोक दोहोरी गायिका अनुषा थापाको मौलिक झ्याउरे “माया” गीति एल्बम सार्वजनिक


चर्चित लोक दोहोरी गायिका अनुषा थापाको मौलिक झ्याउरे “माया” गीति एल्बम बजारमा सार्वजनिक भएको छ ।

म्याग्दी बराङ्गजा पखेरोमा जन्मिएकी थापा जीवन विलाशिन्ता स्पेनमा बसोबास गर्दै अाएकी छिन् । जहाँ रहेपनि सानै देखि नेपाली तन-मन गीत संगीत प्रति रुचि राख्ने सच्चा संगीत प्रेमी मन हुन् । सानै देखि नेपाली लोक गीत भन्दा मरिहत्ते गर्ने थापा यति बेला दर्जनौं गीतका मालिक बनेका छन् । हालै सार्वजनिक भएको झ्याउरे गीत “माया” एल्बम पनि अाफ्नै स्वर, लय, र अाफ्नै प्रस्तुतिमा बजारमा ल्याएकी छिन् ।

माया, झ्याउरे गीतमा कुमार पुन र अनुषा थापाको स्वर रहेको छ, भने प्रकाश सपुट र रिना थापा मगरको विजोड अभिनय देख्न पाइन्छ । उक्त गीतलाई स्मृति तिम्लसिनाले निर्देशन गरेका छन् । कुमार पुनको युटुब च्यानल बाट बजारमा ल्याइएको छ । अनुषा थापाको अघिल्ला गीतहरुको कुरा गर्दा “फेसबुक सालैजो, “मेसेन्जर रोधीघर, “तिरीमिरी झ्याइ, बजारमा अाइसकेका छन् भने अब बजारमा अाउन तयारी रहेका गीतहरु “रोइला भाका, र “फेसबुक सालैजो भाग २, अाउने अवस्थामा छन् ।

दर्जनौं लोक दोहोरी गीत दर्शक श्रोता माझ लिएर अाफुलाई संगीत छेत्रमा स्थापित गर्न सफल हुनुभएको छ अर्थात साच्चिकै सबैको “माया, बन्नु भएको छ अाउनुहोस् यो पटक कसरी माया सात्नु भएको छ ।

१ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको