मंसिर १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस