मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा चलेपछि…


असोज ३१, मलेसिया । मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।

प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका बताइएको छ ।

मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल पर्नुभएको थियो । जेल सजाय भोगेका उहाँ वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा हुनुभएको हो ।

उहाँ गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी हुनुभएको छ । सो विजयसँगै उहाँलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ ।

उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको समाचारमा जनाइएको छ । मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो ।

सोही सहमति बमोजिम नै उहाँलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उहाँ महाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो ।

यसअघि राजनीतिबाट विश्राम लिने घोषणा नै गर्नुभएका ९३ बर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनु परेको बताउनु भएको थियो ।

तर अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो । पछि उहाँलाई काराबासको सजाय दिइएको थियो । महाथिरको सरकार बनेपछि उहाँ रिहा हुनुभएको हो ।

भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ ।

एजेन्सीको सहयोगमा

३१ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको