प्यूठानमा दशैँकाबेला श्रीमानले गरे श्रीमतीको हत्या


असोज ३१, प्युठान । प्युठानमा दशैंका बेला श्रीमानले खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

झिमरुक गाउँपालिका २ डाँडाचौर निवासी ४९ वर्षिय काले सामतले ४० वर्षिया श्रीमती लक्ष्मी सामतको बुधवार विहान हत्या गरेका हुन् ।

अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण घटना घटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान थालिने प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

३१ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस