१६ महिलामाथि यौन शोषण आरोपपछि विदेश राज्यमन्त्रीले दिए राजीनामा


यौन उत्पीडनको आरोप सामना गरिरहेका विदेशराज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिएका छन् । भारतीय विदेशराज्यमन्त्री एमजे विरुद्ध १६ महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए ।

२० महिला उनीविरूद्ध गत बिहीबार पटियाला हाउस कोर्टमा बयान दिन तयार भएका थिए । अकबरमाथि एक सातादेखि राजीनामाको दबाव थियो ।

यसबीच, ‘मी टुु अभियानमार्फत् सार्वजनिक भइरहेका मामिलाको जाँचका लागि नरेन्द्र मोदी सरकारले समिति बनाउने तयारी गरेको छ । मोदी सरकारले मन्त्रीहरूकै एक जाँच समूह बनाउन लागेको हो ।

राजीनामा दिने क्रममा वक्तव्य जारी गर्दै अकबरले न्यायका लागि अदालत जाने बताएका छन् । आफूले न्यायका लागि अदालत जानका लागि पदबाट बाहिरिन उचित ठानेको अकबरको भनाइ छ । उनले न्यायका लागि झुठो आरोपविरूद्ध लड्ने जिकिर अकबरले गरेका छन् ।

३१ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको