दसैँमा यसरी बनाउनुहोस् खसीको फिला ! जानी राखौ


अन्य समयमा कामको चटारोले हामी खाना राम्रोसँग बनाउन र खान पनि फुर्सद पाउँदैनौँ।

अहिले दसैँको बेला फुर्सदले घरमा बसिरहनु भएको छ। तर के पकाउने कसरी पकाउने भन्ने चिन्ता लिइरहनु भएको छ भने, आउनुहोस् आज हामी तपाईलाई खसीको फिला बनाउने तरिका सिकाउदैछौँ । यो बनाउन तपाइँलाई ५५ मिनेट लाग्छ।

आवश्यक सामग्रीः

१ ३ केजी खसीको खुट्टा
२ नेपाली लसुन ६ पोटी

३ ३ चम्चा सोपको धुलो
४ भुटेको तोरीको तेल
५ नुन र मसलाको पेस्ट

६ मरिचको धुलो
७ तेजपत्ता
८ ३० ग्राम दही

माथिका सामानहरू तयार छन् भने अब घोर्ले खसीको फिला बनाउनतिर लाग्नुहोस्।

पहिला खसीको खुट्टालाई चिरा चिरा पार्नुहोस्। अब मसलाको पेस्ट र लसुनलाई मासुको भित्र सम्म पुग्ने गरी मोल्नुहोस्। त्यसमाथि तोरीको तेल र तेजपत्ता हालेर फ्रिजमा रातभरि छाडिदिनुस्। त्यसलाई पकाउने समयमा रूम टेम्प्रेचरमा ल्याउनुहोस्।

ओभनलाई २ सय २० डिग्री सेन्टिग्रेटसम्म ‘प्री हिट’ गर्नुहोस्। किचन स्ट्रिङ (धागो)ले मासुलाई खुकुलो गरेर बाध्ने। त्यसपछि रोस्टिङटिन माथि सुरूमा सुकेको मसला राख्ने र त्यस माथि मासु राख्ने। अब त्यसलाई २५ मिनेट सम्म पकाउनुहोस्। अब ओभनको तापक्रम १ सय ८० डिग्री सेन्टिग्रेटसम्म ल्याउने।

अब ओभनबाट मासु निकाल्नुस्। र त्यसलाई अल्मुनियम फोइलले १५ देखि २० मिनेटसम्म छोप्नुहोस्। अब स्वादिष्ट खसीको फिला तयार भयो। तातो गरी आफ्ना परिवारसँग दसैँ मनाउनुहोस्।

३१ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको