आलु मात्रै छान्ने जनताले राम्रो नेता कहिल्यै छान्दैनन् : मुकुन्द घिमिरे


असोज ३०, काठमाडौं । सामाजिक संजालमा मुकुन्द घिमिरेलाई अर्ध पागलको संज्ञा दिने जमात ठुलो छ । तर समसामयिक बिषयमा उनले दिइरहने केहि टिप्पणीहरु घत लाग्दा भेटिन्छन ।

बेला बखत विवादको घेरामा भेटिरहने मुकुन्देको तार्किक बिचारको फ्यान पनि देश बिदेशमा उत्तिकै भेटिन्छन ।

यतिबेला नेपालीहरुको ठुलो पर्ब दशैँ भित्रिएको छ, यहि विषयमा एउटा गज्जवको स्टाटस आफ्नो फेसबुकमा हालेका छन् । देशको राजनीतिक अबस्थालाई व्यंग प्रहार गर्दै भनेका छन् ‘दुनियाँले हारेका बेला विजयादशमी आउँछ, चेतनाका जमरा उखेलेर पहिले उसैले लगाउँछ’ ।

बडा दशैँको अवसरमा दिईने बलि प्रथालाई पनि व्यंग्य गरेका छन् । उनि भन्छन ‘शिशु गणतन्त्रको निर्दोष पाठोलाई मार हान्न लागेका छन्, फेरि पुरानै भूतप्रेत मशानहरु जागेका छन् ।’

प्राय जसो राजनीतिक धरातलमा टिप्पणी गरिरहने मुकुन्देले नेता छान्न नजान्ने जनतालाई पनि चोटिलो प्रहार गरेका छन् ।

बिशेषगरि गएको स्थानीय चुनावलाई स्मरण गराउदै राम्रो नेता छान्न नजानेको बताएका छन् । मुकुन्दे भन्छन ‘आलू मात्रै छान्ने जनताले राम्रो नेता कहिल्यै छान्दैनन्, सामन्तको भारी बोक्न नपाए गधा सोझो हिड्न जान्दैनन्।’

हेर्नुहोस उनको भनाई…

दुनियाँले हारेका बेला विजयादशमी आउँछ, चेतनाका जमरा उखेलेर पहिले उसैले लगाउँछ, शिशु गणतन्त्रको निर्दोष पाठोलाई मार हान्न लागेका छन्, फेरि पुरानै भूतप्रेत मशानहरु जागेका छन्, आलू मात्रै छान्ने जनताले राम्रो नेता कहिल्यै छान्दैनन्, सामन्तको भारी बोक्न नपाए गधा सोझो हिड्न जान्दैनन्।

 

३१ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको