कर्णाली प्रदेशको समृद्धि, हाम्रै पालामा


प्रधानमन्त्री के.पी शर्मा वलीले प्रर्यटन बर्ष २०१८ सुरु गदैँ मुगुको राराबाट भनेका थिए “सुख नेपाली समृद्धि नेपाल” त्यही मौका पछ्याउदै मिति २०७५/६/१९ देखी २६ सम्म कर्णाली प्रदेशको भर्मण गर्ने अबसर जुराएको थियो ।

प्रयास नेपाल धादिङ्ले उक्त सस्थाको प्रत्यक बर्ष आन्तरिक प्रयर्टन प्रबद्धन गर्ने तथा सिकाई आदान प्रदान तथा अध्ययन अबलोकन प्रत्यक बर्ष हुने भर्मणमा यो बर्ष कणाली प्रदेशमा भएको थियो ।

भौगोलिक विकटता भए पनि प्रचुर सम्भावनाको खानीको रुपमा रहेको कणाली प्रदेशमा समृद्धिको हुन सबैभन्दा पहिले सडकको स्तर उन्नति हुन जरुरी छ । एउटा मात्र गाडि हिड्न्े बाटो त्यहिमा पनि निकै जोखिम युक्त क्षेत्र रहेको छ ।

मनै सिरीङ्गहुने भिर क्षत्र छन् । त्यस्तै कणालि नदीबाट जति पनि बिधुत उत्पादन गर्ने सकिने सम्भाबना रहेछ, कणाली नदीमामै र्पाटिङ्ग गर्ने सके जुम्ला कालीकोटका समधुर डाँडा र मनोरम हिमाल हरुको अबोलकण गर्ने सकिन्छ ।

त्यस्तै स्वर्गकी रानीको रुपमा रहेको रारा ताल, कणालीको लोभलाग्दो भुवनोट, सफा अनि कन्चन पानी, एकिकृत बस्तीहरुमा होमस्टे संन्चालन गर्ने सके, ताजा अर्गानिक खानेकुरा त्यहाँ उत्पादन हुने जडिबुटि हरुलाई बाहिर पठाउन सके मुगुकै प्रसिद्ध छायानाथ धाम, जुम्लाको सिजा दरबार दैलेखको पंचदेब ज्वालामाई, जुम्लाकै तातोपानी क्षेत्र, राजारानीको काठेपुल लगाएतका क्षेत्रको योजना बनाई तिनै तहको सरकार स्पस्ट रुपमा लाग्ने हो भने कणाली प्रदेश समृद्धि हुन कत्ति पनि समय लाग्ने छैनं ।

आत्मबिश्वासका साथ स्पस्ट रुपमा कार्ययोजना बनाई कार्य गरे पांच बर्ष भित्र कणालीलाई कायापलट गर्ने सकिने बताउनु हुन्छ प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल ।

कर्णाली प्रदेश भित्र केहि कहि समस्याहरु पनि छन् खासगरी कर्णालीवासी विकास निर्माणका चरणमा आफ्नो ध्यान त्यति नदिएको पाईयो बाहिरबाट जाने पर्यटकहरुलाई अनादार ब्यबहार गर्नु खासगरी रारा तालमा होटेल हरुको ब्यबस्था नहुनु, चाहेजती रारामा डुङ्गा नहुनु, रारा यात्रामा बास बस्ने होटल हरुमा साहैँ महगोँ हुनुका कारणले जति पनि कर्णाली भ्रमणमा खास गरी कालिकोट हुदैँ रारा जानेहरुको मन खिन्न त हुदैन भन्ने चिन्ता रहेकोछ ।

त्यस्तै कणालीका मुगु, जुम्ला कालिकोटमा भौगोलिक बिकटताका कारण कति पए बिद्यार्थी बिद्यालय बाहिर रहेको पाईयो । त्यस्तै स्वास्थ सरसफाईको साह्रै कमी रहेको र सरसफाईको आधारभुत ज्ञान पनि अलिकम भएकाले कुनै बेला महामारी प्रकोप फैलिन्छ की भन्ने चिन्ता सुनाउनु भयो प्रयास नेपाल कै उपाध्यक्ष रेस्टन कडेल ।

कर्णालीलाइ विकटको नारा दिएर प्रत्येक पटक चुनाब लडेर जितेका नेता हरुले कर्णालीको बिकासमा यदि लाग्ने भने कर्णाली जस्तो छ, त्यस्तै रहनेछ जो पनि सुर्खेत हुदै मुगु र जुम्ला पुग्ने हरुको मन नेतृत्व प्रर्ति घृणा पैदा गर्नेछन् ।

त्यसैले निजि, दातृनिकाय र तिन तहको सरकारेले मिलेर अधि बढ्न सके कणालीले छिट्टै कायापलट गर्ने छ । कर्णालीको समृद्धिको निम्ती सडकको स्तर उन्ननि हुनु नै पहिलो पक्ष हुनेछ ।

३१ आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको