असोज १, लमही । दाङ्ग जिल्ला प्रहरी प्रमुख हरिकृष्ण शर्माले स्थानिय सरकारले बजेट बिनियोजित गरेर प्रहरी भबन निर्माण गरेको यो नेपालमै पहिलो भएको वताउनु भएको छ ।
साेमवार ईलाका प्रहरी कार्यालय अमिलियामा नव निर्मित ४ काेठे भवनकाे उद्घाटन कार्यक्रममा वाेल्दै प्रहरी प्रमुख शर्माले घटना समाजमा हुने भएकाले प्रहरी र नागरिक मिले अपराध कम मात्र नभई निर्मुल पार्न प्रहरी सफल हुने बताउनु भयो ।
जिल्लामा अपराधिक घटना मात्र नभई प्रहरी कर्मचारिले पनी कहिकतै गलत गरिरहेको महसुस गरेमा सिधा सम्पर्क ९८५७८०५५५५ मा जानकारि दिन एसपी शर्माले दाङ्गबासीलाई अनुरोध गर्नुभएको छ ।
यसो गरेमा समग्र दाङ्ग जिल्लाको सुरक्षाको ज्ञारेण्टी लिने एसपी शर्माको भनाई छ । फरक एक प्रसँगमा कञ्चनपुरको घटना नियाल्दै एसपी शर्माले राजनितिले प्रहरी पेशालाई दलदलमा फसाएकोमा गुणासो ब्यक्त गर्नुभयो ।
लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष वहादुर केसीकाे सभापतित्व एंवम् दाङ्ग जिल्ला प्रहरी प्रमुख कृष्णहरि शर्माकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा अध्यक्ष केसीले नवनिर्मित ४ कोठे भवनकाे चाबी जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रमुख शर्मालाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पाटि (नेकपा) का अमर कुवर , उघाेगपति पुर्ण वस्नेत, कर्मठ महिला उद्दमी सहकारि सँस्थाकि अध्यक्ष देविमाया थापा, भवन निर्माण समितिका अध्यक्ष राम वहादुर पाैडेल, लमही नगरपालिका कार्यपालिका सदस्य पार्वती विश्वकर्मा , पत्रकार किरण शाह लगायतले सुरक्षित र स्वतन्त्र भई बाँच्न हिडडुल गर्ने अधिकार संविधानले ज्ञारेन्टी गरेकाले यसमा प्रहरी र अाम नागरिक जिम्मेवार वन्नु पर्नेमा जाेड दिएका थिए ।
लमही नगरपालिका ९ नं वडाकाे अार्थिक बर्ष २०७४/२०७५ काे ५ लाखकाे वजेट वाट उक्त भवन निर्माण गरिएकाे हो । लमही नगरपालिका वडा ९ का वडा सदश्य खिम बहादुर योगीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस