निर्मला हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन (फोटोफिचर)


असोज १, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पत्ता लगाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।

निर्मलालाई न्यायको माग गर्दै गरिएको विरोध प्रदर्शन काठमाडौंको विश्वभाषा क्याम्पसबाट सुरु गरिको थियो । संघको केन्द्रीय समितिको आयोजनामा गरिएको विरोध प्रर्दशनमा सहभागीहरुले सरकारविरुद्ध नारा लगाएका थिए । आन्दोलनकारीले बलात्कारी र हत्यारालाई राज्यस्तरबाटै संरक्षण गरिएको आरोप लगाउँदै कारण खुलाउन माग गरेका थिए ।

निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म नेविसंघले दबावमूलक कार्यक्रम जारी राख्ने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

१ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको