असाेज १, राेल्पा । नेपाल कम्यूनिष्ट पार्टी रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुबेदी ‘प्रयास’लाई प्रहरीले प्रक्राउ गरेको छ ।
रोल्पा नगरपालीका १० धवाङको साउने पानीमा नेपाल कम्यूनिष्ट पार्टीले आयोजना गरेको सास्कृतिक कार्यक्रममा उपस्थिती भएको समयमा उनलाई पक्राउ गरिएको स्रोतले बताएको छ ।
सास्कृतिक कार्यक्रममा अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहे पनि सुबेदीलाई मात्र पक्राउ गरिएको जनाइएको छ । उनलाई के कारण पक्राउ गरिएको हो अहिले सम्म खुलाईएको छैन ।
नेपाल कम्यूनिष्ट पार्टी रोल्पाले बिगत केही समय अगाडी संगठन सुदृढिकरण तथा विस्तारका लागी भन्दै रोल्पाको हरेक गाउँ तथा नगरमा छिर्ने जनाएको थियो ।
सोही अभियान अन्तरगत रोल्पा नगरपालीका १० धवाङमा संगठन सृदृढीकरण तथा विस्तार अभियानकै अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमवाट उनलाई पक्राउ गरिएको नेकपाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस