भुपेन्द्रको निर्देशनमा बन्ने भो ‘कप्टी’


असोज १, काठमाडौँ । भ्याली फिल्म एकेडेमीको प्रस्तुतिमा बन्ने नेपाली चलचित्र ‘कप्टी’को औपचारिक घोषणाको साथ साथै शुभमुहुर्त गरिएको छ।

शुभमुहुतका साथै चलचित्रका सम्पुर्ण कलाकार साथै अन्य टिमको नाम सार्वजनिक गरिएको हो ।

भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘कप्टी’मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रलाई मदन घिमिरेले खिच्दै छन् ।

मौलिक नेपाली कथामा बन्ने सिनेमा कप्टीका निर्माताहरुमा प्रेमबहादुर गुरुङ, मिनु लामा, देवबहादुर गुरुङ रहेका छन् । सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायांकन गरिने सिनेमा ‘कप्टी’ले आफ्नै पिताका हत्यारासँगको बदला र जीवन संघर्ष बोल्ने निर्माण पक्षले जनाएको छ ।

१ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको