भदौ १ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
सर्वोच्च अदालतबाट बाहिर निकाल्ने प्रयास गरिरहेको राष्ट्रिय मानव अधिकार आयोग टोलीले आफ्नो गाडीबाटै प्रहरीले पक्राउ गरेको हो ।
आयोगका आयुक्त सुदिप पाठकले प्रवक्ता प्रकाण्डलाई रिहाईको अनुभूति गर्न पाउने अधिकारको हनन् नगर्न र आयोगमै लिन आउने भनेपनि प्रहरीले मानेन् ।
प्रकाण्डका छोरा नरेन्द्रबहादुर बिकले गैर कानूनी रुपमा गिरफ्तारी गरेको भन्दै रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि बहस गर्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको ईजलास प्रकाण्डलाई रिहाईका आदेश गरेको हो ।
बिकले दायर गरेको रिटको पक्षमा एकराज भण्डारीसहित २८ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए भने नं. २ मा विहानैदेखि बहस भएको थियो ।
प्रवक्ता प्रकाण्डसँगै रिफ्तार गरिएका हरिचन्द्र आचार्य ‘विमर्श’ र मानबहादुर श्रेष्ठ भने रिहा भएका छन् ।
प्रतिक्रिया दिनुहोस