सर्वोच्च परिसरमा मानव अधिकार आयोग र प्रहरीबीच बन्दी खोसाखोस


भदौ १, काठमाडौं । नयाँ देवयानी आचार संहिता लागू भएकै दिन मुलुकको न्याय क्षेत्रको सबैभन्दा ठूलो निकाय सर्वोच्च अदालतमा नेपाल प्रहरीको रोचक दृष्य देखिएको छ ।

१० दिनअघि अबैध रुपमा चन्दा उठाएको आरोपमा पक्राउ गरेको अर्धभूमिगत नेकपाका स्थायी समिति सदस्य तथा प्रबक्ता खड्ग बहादुर विश्वकर्मालाई सर्वोच्च अदालतले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको थियो ।

आदेशपछि प्रहरीले पुनः पक्राउ गर्ने डरले मुख्य रजिष्ट्रारको कार्यकक्षमा शरण लिन पुगेका प्रकाण्ड राति आठ बजेसम्म पनि बाहिर निस्कन नसकेपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सर्वोच्च अदालत परिसरमा प्रवेश गरेको छ ।

सर्वोच्च अदालत परिसरमा आयोगका टोली सुदिप पाठकको नेतृत्वमा पुगेको हो । मानव अधिकार आयोगको टोली र प्रहरीबीच बन्दी खोसाखोस भएको जनाइएको छ ।

प्रहरीले प्रकाण्डलाई एनसेलको टावरमाथि आक्रमण गरेको अर्को अभियोग लगाएर पक्राउ पुर्जी जारी गर्दै सर्वोच्च अदालतमा घेराबन्दी गरेपछि आयोगको टोली घटनास्थलमा पुगेको थियो ।

खोसाखोसपछि पनि बिप्लव नेतृत्वको नेकपाका नेता पक्राउ परिनसकेको र मानव अधिकार आयोगको पदाधिकारीको साथ लागेर बाहिर निस्कने तयारी भइरहेको जनाइएको छ ।

उता, प्रहरीले भने जुम्लामा डिएसपी तपन दाहालले नमरेको प्रहरीको निधन भएको भन्दै प्रचार गरे झै साँझ ६ बजेदेखि नै प्रकाण्ड पुनः पक्राउ परेको दावी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रवाह गराएका छन् ।

प्रहरीले झूठा समाचार बाहिर संम्प्रेषण गरेर भ्रम फैलाउने काम गरेको आयोगका अधिकारीले बताए । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले गैर कानुनी रुपमा पक्राउ गर्न लागेको र सर्वोच्च अदालतबाट बाहिर निस्कनै नसक्ने अवस्था सिर्जना भएको सम्बन्धमा स्थलगत अनुगमन भइरहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘प्रहरीले बाहिर घेराबन्दी गरेर बसेका छन्, उहाँभित्र हुनुहुन्छ, आयोगले सहजीकरण गर्ने प्रयास गरिरहेको छ । हालसम्म प्रकाण्ड पक्राउ पर्नु भएको छैन ।’

१ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको