प्रकाण्डको रिहाई पछी गिरफ्तारीको खबर झुट


भदौ १, काठमाडौं।  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः गिरफ्तार गरको भन्ने हल्ला झुट भएको बताइएको छ ।

सर्वोच्च परिसरमै रहेका पत्रकार सागर लामाले प्रकाण्डलाई पुनः गिरफ्तार गरेको भन्ने हल्ला झुटो भएको बताएका छन् । बाहिर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको र दुई दिनको म्याद थप गरेका कारण पुनः गिरफ्तार गर्न सक्ने सम्भावना रहेको लामाले बताए ।

सर्वोच्च अदालतले नेपाल बारको जिम्मा लगाउने तयारी गरेको छ । प्रहरीले लगाएको आरोप पुष्टि नभएपछि सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई रिहाई गर्न आदेश दिएको छ ।

प्रकाण्डका छोरा नरेन्द्रबहादुर बिकले गैर कानुनी गिरफ्तार गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि शुक्रबार बहस गर्दै सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्नको आदेश दिएको हो । प्रहरीले प्रकाण्डमाथि लगाएको आरोप पुष्टि नभएपछि सर्वोच्चले रिहाईको आदेश दिएको छ ।

अहिले प्रवक्ता प्रकाण्ड सर्वोच्चभित्रै छन् । रिहाईको लागि अावश्यक प्रक्रिया पूरा हुँदैछ ।

१ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको