साउन १, काठमाडौं । नेपाली कानुनले मित्र राष्ट्र विरुद्ध विद्रोह गर्नेलाई ७ वर्ष जेल सजाय तोकेको छ ।
आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा मित्र राष्ट्र विरुद्ध विद्रोह गर्नेलाई ७ वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ ।
ऐनमा ‘कसैले नेपालको भूमि प्रयोग गरी नेपालसँग दौत्य सम्बन्ध भएको मित्र राष्ट्र विरुद्ध हातहतियार उठाई युद्ध गर्न, त्यसको धम्की दिन वा युद्ध गर्ने उद्योग गर्न वा विद्रोह गर्न वा सोको उद्योग गर्न हुँदैन ।’ भनी उल्लेख गरिएको छ।
भारतिय बिस्तारवाद भन्दै सुरुङ्ग युद्द लडाउने प्रचन्डको पार्टी (पुर्ब माओबादि) हाल पार्टी एकीकरण पछि आफै सत्ताको मालिक छ । उनै प्रचन्डको सराकारले भारत र चीन लगायतका देशहरुको बिरुद्द बिद्रोह गर्नेलाई ७ बर्ष सजाय दिलाउने हास्यास्पद कानुन भन्दै चारैतिर आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस