युवा नेतृ ईश्वरी घर्ती बनिन नेकपा रोल्पाको सचिब


भदौ १, रोल्पा । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी राेल्पाले युबा सचिव पाएकाे छ ।

जिल्ला कमिटीले नयाँ नेतृत्व पाएपछि पूर्बपत्रकार तथा युवा नेतृ ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी रोल्पाको सचिब बनेकी हुन् । नेपाल कम्युनिष्ट पार्टी रोल्पाको अध्यक्ष पूर्ब माओबादी र सचिब पूर्ब एमालेको भागमा परेपछि नेतृ सचिब बनेको, नेकपा नेता कुमार दसौदीले जानकारी दिए । जिल्ला सचिबका लागि, पूर्बपार्टी प्रदेश कमिटिले सिफारिस गरेको छ ।

प्रेस चौतारी रोल्पा शाखाको अध्यक्ष, पत्रकार महासंघ रोल्पा शाखा सचिब समेत भईसकेकी घर्ती ०७४ सालको समानुपातिक तर्फ प्रदेशसभा सदस्य बन्न असफल भएकी थिइन । उनी तत्कालिन नेकपा एमाले जिल्ला कमिटि रोल्पाकी सदस्य तथा अनेमसंघ अध्यक्ष हुन् ।

१ भाद्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको