जनयुद्दमा लुकाएर राखिएका यी २० दृश्यहरु


काठमाडौं — शसस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गर्न हिंडेका प्रचण्ड दुइ पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पदासिन भएका थिए ।

कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानीय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।

विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको खेलाडी बनेका छन् । प्रचण्डले अब केपी ओली संग मिलेर देश कसरि अगाडी बढाउँछन् त्यो भने हेर्न बाँकी छ !

तस्बिरहरु: कान्तिपुर फोटो विभाग र जनयुद्धका तस्बिरहरु- १ पुस्तकबाट साभार गरिएको

तस्बिर नम्बर ०१: २०५१ सालमा एकता केन्द्रका महामन्त्रीको रुपमा प्रचण्ड

तस्बिर नम्बर ०२: २०५२ सालमा रोल्पाको पाछावाङमा

तस्बिर नम्बर ०३: रोलपाको दार्वोटमा छापामारहरुलाई प्रशिक्षणपछि

तस्बिर नम्बर ०४: २०५३ मा रुकुममा गठन गरिएको छापामार स्क्वाडका साथ

तस्बिर नम्बर ०५: २०५८ मा रोल्पाको कुरेलीमा बाबुराम भट्टराई र रामबहादुर थापासहित दाहाल । त्यस बेला तत्कालिन प्रधानमन्त्रीले उनको टाउकोको मोल ५० लाख तोकेका थिए ।

तस्बिर नम्बर ०६: माओवालीले सार्वजनिक गरेको पहिलो स्केच फोटो

तस्बिर नम्बर ०७: रोल्पाको कुरेलीमा प्रचण्ड दाहाल, किरण बैद्य, लालध्वज (बाबुराम) भट्टराईका साथमा जलजला सांस्कृतिक परिवार  

तस्बिर नम्बर ०८: २०५९ सालमा दोस्रो वार्ताका क्रममा डा बाबुराम भट्टराई, राम बहादुर थापा बादल, देब गुरुङ र टोली

तस्बिर नम्बर ०९: सैन्य प्रशिक्षणमा महिला लडाकुहरु

तस्बिर नम्बर १०: २०६१ सालमा भारतबाट फर्कने क्रममा रोल्पाको झेनाममा

तस्बिर नम्बर ११: सैन्य प्रशिक्षणमा महिला लडाकु सदस्यहरु

तस्बिर नम्बर १२: जनयुद्धका क्रममा सुरक्षार्थ भारतमा बसेका प्रचण्ड २०६१ सालमा फर्कंदै

तस्बिर नम्बर १३: २०६१ सालमा भारतबाट फर्कने क्रममा कपिलबस्तुमा 

तस्बिर नम्बर १४: २०६१ सालमा रोल्पाको थवाङमा 

तस्बिर नम्बर १५: २०६२ मा डा. बाबुराम भट्टराईलाई कारवाही गर्ने बैठकमा जाने क्रममा

तस्बिर नम्बर १६: २०६३ भदौमा काभ्रेको कामीडाँडामा

तस्बिर नम्बर १७: युद्द मैदानमा जाँदै लडाकुहरु 

तस्बिर नम्बर १७: २०६३ मा माअाेवादीले काठमाडाैंमा गरेकाे पहिलाे अामसभा

तस्बिर नम्बर १८: २०६३ मंसिरमा बर्हत शान्ति सम्झौतापछि हात तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलासँग हात मिलाउँदै दाहाल

तस्बिर नम्बर १९: २०७४ मा छोरा प्रकाश दाहालको अन्त्येष्टि गर्दै प्रचण्ड

३ माघ २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको