पुस १, दाङ । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट घोराही जाँदै गरेको ना४ख ९५६६ नम्बरको बसले घोराहीबाट लमही आउदै गरेको रा३प ९६०४ मोटरसाइकललाई लमही–६ कुलमोढमा ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक प्यूठान सरुमारानी गाउँपालिका २ बांगेशाल ददेरी निवासी ३० वर्षीय रेशम भुसालको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिएका हुन्।
ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् । मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस