विप्लव र वैद्यसँग पार्टी एकता हुन्छ: गोपाल किराँती


पुस १, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्र विक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीसँग आठौं महाधिवेशनपछि पार्टी एकता गर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिनको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किराँतीले यस्तो बताएका हुन ।

पार्टी लाइनमा थोरै मात्रै तलमाथि भएपनि सार एउटै भएकोले एकता हुने उनको भनाइ छ । वैद्यले भन्ने गरेको जनक्रान्ति, विप्लवको एकीकृत जनक्रान्ति र आफूहरुले भन्ने गरेको महान जनविद्रोहबीच ठूलो भिन्नता नरहेको भन्दै पार्टी एकीकरण हुने तर्क गरे ।

उनले भने- ‘हाम्रो पार्टीको लाईन, विप्लवजीको पार्टीको लाईन, र वैद्य कमरेडको पार्टीको लाईन करिब एउटै हो, केही कुरामा विप्लवजीसँग मिलेका छैनन्, वैद्यले वैज्ञानिक समाजवाद भन्नुहुन्छ, विप्लवले पनि वैज्ञानिक समाजवाद भन्नुहुन्छ, वैद्यले जनक्रान्ति भन्नुहुन्छ, विप्लवले एकिकृत जनक्रान्ति भन्नुहुन्छ, हामीले महान जनविद्रोह भन्छौं, जसले जे भनेपनि सारमा सबैको लक्ष्य एउटै भएका कारण हामी तीनै पक्षबीच पार्टी एकीकरण हुन्छ, एकिकरणपछि नेतृत्वको बारेमा कुनै विवाद हुँदैन, वैद्य, विप्लव जसले पनि नेृत्व लिन सक्नुहुन्छ ।’

गृहमन्त्री थापालाई जनबिद्रोहमा आउन किराँतीको निम्तो

यस्तै किराँतीले प्रचण्डभन्दा गृहन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रवादी नेता भएको दावी गर्दै बादललाई जनबिद्रोमा आउनको लागि आग्रह गरिसकेको जानकारी दिए ।

उनले थपे,‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्विकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर ईमान्दर सिपाई यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन् ।

राष्ट्रपतिको विलाशीप्रति आपत्ति

यस्तै राष्ट्रपति विद्यादेवि भण्डारीको वर्तमान समयमा विलाशीताको बारेमा बाहिरिएका समाचारहरुप्रति आफूहरु पनि जानकार रहेको र राष्ट्रपतिलाई चाहिने विलाषिता जनताको हितविपरित भएको दाबी गरेको छ । अध्यक्ष किराँतीले राष्ट्रपतिका विलाषीताका कदमप्रति आपत्ति प्रकट गरे ।

उनले भने,‘राष्ट्रपति देश र जनताको हितविपरित जानुहुँदैन, जनताले खान लाउन पाएका छैनन्, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिने ? यस्तो पनि हुन्छ, हिजोआज त डेढ अर्बको हेलिकप्टर खरिद गर्ने निर्णय गरिएको समाचार आएका छन्, यो त झनै सुहाउँदो काम भएन ।’

आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्ने पनि अध्यक्ष किराँतीले जानकारी दिए । उनले भने,‘पुस र माघभित्रमा आठौं महाधिवेशनको बारेमा सम्पूर्ण तयारी पुरा गरिनेछ, गत मंसिर २८ र २९ गते राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु हामीले सार्वजनिक गरेका छौं, वर्तमान सरकारले जनताको हितमा काम गर्न सक्दैन, समाजवादको ‘स’ सम्मपनि कार्यान्वयन गर्न सक्दैन्, आफूहरु कसरी बन्ने ? कसरी धनी बन्ने भन्नेमा नै उनीहरु व्यस्त छन्, कसरी समाजवाद आउँछ ?’

ओली क्रिश्चियन पादरीको दलाल बने

यसैगरी किराँतीले प्रधानमन्त्री केपी शर्मालाई धार्मिक दलाल बनेको आरोप पनि लगाएका छन् ।

केही समय पहिले राजधानीमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै अध्यक्ष किराँतीले भने,‘प्रधानमन्त्री ओली तीन दिनसम्म विदेशी धार्मिक संस्थाको कार्यक्रममा गएर सुत्नुभयो, विवादित धार्मीक संस्थाको कार्यक्रममा यसरी राज्यको कार्यकारी व्यक्तिले भाग लिन पाईन्छ ?’

विदेशीहरुले नेपालका धार्मीक सम्प्रदायलाई छिन्नभिन्न पार्न खोजिरहेको पनि उनले दाबी गरे । उनले थपे,‘सरकारले उनीहरुलाई साथ दिईरहेको छ, यसरी ओली पादरीहरुको दलाल बन्नेमा पु्ग्नु भएको छ, पूर्व एमाले एनजिओको पार्टी थियो, आजभोली क्रिश्चियन धर्मको संरक्षक र प्रचारक बनेको छ, धार्मीक द्धन्द्धको बीउ रोपेर देशलाई खतरा निम्त्याउने काम कुनै व्यक्ति वा राज्यका निकायबाट भयो भने हामीलाई स्वीकार्य हुँदैन ।’

२०७५ पुष १,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको