फोक्सो पिडित रोल्पाका कवरले सहयोग गर्न अनुरोध


टीकाराम पुन/पौष ०१, युएई । रोल्पा जिल्ला रुन्टिगढी गाउपालिका ९ का खिम बहादुर कवरलाई बिगत २ बर्ष पहिले फोक्सोको समस्या देखा पर्यो । हाल घोराही उपमहानगर पालिका ९ तल्लो मछाईमा बस्दै आएका कवरले दाङ घोराही र नेपागन्जका ठुला हस्पिटलमा उपचार गराए ।

तर पनि रोग निको नभएपछी अहिले उपचारको लागि भारतको चण्डीगडको (पि.जि.ई.सेक्टर ११/१२) हस्पिटलमा उपचार गराई रहेका छन । डाक्टरको सल्लाह अनुसार उनको फोक्सोको अप्रेसन भएको छ ।

घरको आर्थिक अवस्था निकै कम्जोर छ । बिगत २ बर्ष देखि उपचार गर्दागर्दै कवर संग भएको केही सम्पती पनि सकिएको छ । पिडित कवरका अनुसार हस्पिटलमा तिर्नु पर्ने उपचार खर्च तिर्नुपर्ने अझै बाँकी छ । आगामी दिनमा पनि औषधि सेवन गर्नुपर्ने भएको हुँदा उनलाई आर्थिकको खाँचो रहेको पिडितले बताए ।

खिम बहादुर कवर सानो हुँदा नै आमा र बुबाको मृत्यु भएको थियो । सानो उमेरमै अभिभावक गुमाएका उनको जीवन निकै कष्टकर अबस्था गुजार्दै आएका थिए । अहिले उनको साथमा जीवन संगिनी, एक छोरा र एक छोरी छन । परिवारको लालनपालन र पठनपाठन जिम्मेवारी बोकेका कवर बिरामी परे संगै थप आर्थिक समस्या पैदा भएको छ ।

आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उदेश्य बोकेर रोल्पाबाट दाङ झरेको उनले बताए तर आफुनै बिरामी भएपछी बालबच्चाहरुको सहारा बन्न नसक्दा निकै दुखि भएका छन् । उनको अप्रेसन त सफल भएको छ तर आराम हुन्छन या हुदैनन् भन्नेमा अहिले सम्म ढुक्क हुन सकेका छैनन् । थप औषधि खर्च लाग्ने भएको हुँदा झनै पिडामा छन् ।

२९ बर्षका कवरको आर्थिक अबस्था निकै नाजुक रहेको हुँदा पिडितले देश तथा बिदेशमा रहनुहुने दाजुभाइ र दिदीबहिनीहरुबाट सहयोगको आश गरेका छन । कतैबाट दयावान हातहरुको सहयोग पाए म बाँच्थे र बालबच्चाहरुलाई लालनपालन गर्न सहज हुनेथियो, उनले भने ।

कवरलाई सहयोग गर्न चाहानु हुने दयालु मनहरुले उनको एकाउन्ट नम्बर ४३६०००४१९९१०, र्राष्ट्रिय बाणिज्य बैंक नेपालमा सहयोग गर्न सक्नु हुनेछ । सम्पर्कका लागि आफन्त श्रीमति खिमा कवर मोबाइल नम्बर ९८६४९५६५७७ । बिरामी खिम बहादुर कवरको मोबाइल नम्बर +९१७६५७९१११६१ ।

 

१ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको