सरकारको ९ महिने कार्यकाल असफल – नेकपा नेता वामदेव गौतम


पौष ०१, काठमाडौं । नेकपाका प्रभावशालि नेता वामदेव गौतमले सरकारका ९ महिनाका गतिविधिले सरकार प्रगतिशील परिवर्तन र प्रगति पथमा अघिबढ्न नसकेको स्पष्ट पारेका छन् । उनले फरक मत सहितको प्रतिवेदनमा उक्त कुरा संस्लेषण गरेका हुन् ।

आफ्नो फरकमत सहितको प्रतिवेदनमा नेता गौतमले भनेका छन्, ‘सरकारसंग संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरणको एउटा पनि कार्यक्रम छैन ।’

निर्वाचन घोषणापत्रमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन अर्थात् पाँच वर्ष, दश वर्ष, र पच्चिस वर्षसम्मका लक्ष्यहरु अगाडि सारिए पनि सरकारसंग निर्वाचन घोषणापत्रमा अघि सारिएका नीति र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिवद्धता नै नदेखिएको जनाएका छन ।

उनले नेता केपी ओलीको एकल निर्णयबाट चलेको संकेत गर्दै सरकारसंग पार्टीमा छलफल गरी वैधानिक रुपमा निर्माण गरिएको कुनै रणनीतिक योजना पनि नभएको बताएका छन् ।

जनतालाई तत्काल गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी तथा सम्मानपूर्ण समृद्ध जीवन चाहिएको छ । तर वर्तमान सरकारले यसलाई सम्बोधन गर्ने स्पष्ट नीति र कार्यक्रम अघि सार्न नसकेको आरोप समेत नेता गौतमले लगाएका छन ।

यो पनि पढ्नुहोस 

वामदेवको फरक मत (पूर्णपाठ)

 

१ पुष २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको