अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले क्षेत्रीय शाखा बिस्तार गर्यो [फोटो फिचर]


पौष ०१, युएई । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले आफ्नो क्षेत्रीय शाखाहरु बिस्तार गरेको छ । युएईको दुबई र अबुधावी शहरमा सुक्रबार क्षेत्रीय समितिहरु गठन भएको समाजले जनाएको छ ।

संगठन सुदृढ तथा बिस्तार केन्द्रीय कार्यक्रम अन्तरगत एकैदिन दुबई र अबुधावी स्टेटमा क्षेत्रीय कार्यसमितिहरु गठन भएका छन्, भने अन्य सारजाह-फुजेरा र अलएन क्षेत्रमा बिस्तार क्रमजारि रहेको रोल्पाली सेवा समाजका प्रमुख सल्लाहकार रामकृष्ण पुनले जनाए ।

दुबई र अबुधावीमा गठन भएका क्षेत्रीय समितिहरुले सांगठनिक, आर्थिक, सांस्कृतिक बिषयमा रहेर कार्य योजनाहरु बनाएको जनाएको छ । दुइवटै क्षेत्र (अबुधावी र दुबई)का नब निर्बाचित कार्यसमितिलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

तस्बिर:दुवई क्षेत्रीय समिति प्रमुख अतिथि तथा सल्लाहकार दिलाराम ओली

दुबईको क्षेत्रीय समिति

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज क्षेत्रीय समिति युएइले सुक्रबार बरदुबईको फुलवारी रेस्टुरेन्टमा २५ सदस्यीय दूबइ क्षेत्रीय समिति गठन गरेको छ । कार्यक्रमलाई युएई केन्द्रिय समिति महासचिव कुमार केसीले संचालन गरेका थिए ।

केन्द्रीय उपाध्यक्ष दोलक केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा सल्लाहकार दिलाराम ओली रहेका थिए भने विशिष्ट अतिथिमा युएई केन्द्रिय समिति उपाध्यक्ष शेर बहादुर डाँगी रहेका थिए ।

अतिथिहरुमा युएई केन्द्रीय समिति कोषाध्यक्ष ताजारम ओली, युएई केन्द्रीय समिति प्रबक्ता हेमराज, युएई केन्द्रीय समिति सह-सचिब वीर बहादुर मगर लगायत युएई केन्द्रीय समितिका सदस्यहरु सबिना मगर, सुनिता महरा, भुपेन्द्र खडका, देब वली रहेका थिए ।

तस्बिर: क्षेत्रीय समिति दुबई 

क्षेत्रीय समिति दुबईको अध्यक्षमा जम्क बहाढुर सुनार, उपाध्यक्षमा इच्छा बहादुर खडका, नरेन्द्र घर्ति, भिम ओली रहेका छन् ।

सचिवमा सरिता घर्ति, सहसचिवमा आशा घर्ति मगर, खिम बहादुर रसाइली, कोषाध्यक्षमा दिल बहादुर सुनार, सहकोषाध्यक्षमा अमृत कुमार डिसी, जुनु घर्ति रहेका छन् । सदस्यहरुमा दिपक खडका, सन्देश, सर्मिला घर्ती, चन्द्र खडका, सर्जन ओली, दुर्गा प्रसाद बुढा, देबेन्द्र जिसी, दल बहादुर बुढा, चन्द्र बहादुर, माया मगर, सर्जन ओली, मनोज बहादुर, हिमा ओली, दिपेन्द्र घर्ति मगर, ओम लाल बिष्ट रहेका छन् ।

तस्बिर: अबुधावी क्षेत्रीय समिति

अबुधावीको क्षेत्रीय समिति

अन्तर्राष्ट्रिय रोल्पालि सेवा समाज क्षेत्रीय समिति अबुधावी युएईले सुक्रबार रोशन गिरिको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । रोशन गिरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईका केन्द्रीय अध्यक्ष किर्तिमान पुन मगर रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा समाजसेवी तथा बौद्धिक ब्यक्तित्व द्वय कर्ण गिरी र कुमार बिष्ट रहेका थिए ।

क्षेत्रीय कार्य समितीको अध्यक्ष रोशन गिरि, उपाध्यक्षमा दिल निशानी डाँगी र नबिन बुढा मगर, कोषाध्यक्षमा हिक्मत खड्का, सचिवमा राम बहादुर राना, सह-कोषाध्यक्षमा झरना बिसी ‘गिरी’, सह-सचिवमा अनिल दर्लामी चयन भएका छन् ।

सदस्यहरुमा झलक बुढा मगर, दिल बहादुर बुढा मगर, लोकेन्द्र सुनार, प्रेम बुढा मगर, देव बहादुर खडका, भुपेन्द्र गिरी, बिष्णु बिष्ट, गोविन्द डाँगी, अर्जुन थापा, छबिलाल बुढाथोकि रहेका छन् ।

तस्बिर: अबुधावी क्षेत्रीय समिति 

तस्बिर: दुबई क्षेत्रीय समिति

तस्बिर: दुबई क्षेत्रीय समिति

तस्बिर: अबुधावी क्षेत्रीय समिति

तस्बिर: अबुधावी क्षेत्रीय समिति

२०७५ पुष १,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको