गायक योञ्जनको ट्याक्टर दुर्घटनामा परि मृत्यु


कात्तिक ३०, दोलखा । सेलो गीतका गायक अमृत लामा योञ्जनको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ ।

‘पुरानो माया’, ‘होइ च्याङ्वा’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक योञ्जनको शुक्रबार बिहान दोलखाको बीगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा मृतयु भएको हो।

शुक्रबार विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नंको ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ४४ वर्षीय गायक योञ्जनको मृत्यु भएको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।

ट्याक्टर सडकबाट ३० फिट तल खसेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए। योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको प्रहरीले जनाएको छ।

२०७५ कार्तिक ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको