‘सय कडा दश’को ‘दाइलाई कुरा लाइदिनी’ रिलिज (भिडियो)


काठमाडौँ । रामशरण पाठकको निर्देशनमा तयार भएको चलचित्र ‘सय कडा १०’मा समावेश ‘दाइलाई कुरा लाइदिनी’ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर, रामशरण पाठकको शब्द, कल्याण सिंहको संगीत छ ।

यो गीतको भिडियोमा कलाकारहरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललाई देख्न सकिन्छ ।

चलचित्रको मुख्य भूमिकामा मनोज गजुरेल र राजाराम पौडेल छन् । भ्रष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई यो चलचित्रले उठान गरेको छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलार्ई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा चलचित्रका सह–निर्माता हुन् । माघ १८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

२०७५ कार्तिक ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको