प्रेस युनियन रोल्पाकाे अध्यक्षमा लाेकेन्द्र चन्द चयन


कात्तिक ३०, रोल्पा । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाको अध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन ।

नेपाल प्रेस यूनियन जिल्ला शाखा रोल्पाको चौथो जिल्ला अधिवेशनवाट चन्द अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।

चन्दको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । नव निर्वाचित उपाध्यक्ष खुला तर्फ नरेश आचार्य र समावेशी तर्फ टेकवहादुर विक चयन भएका छन ।

कार्यसमितिको अन्य पदाधिकारीहरुमा सचिव टंकप्रसाद आचार्य, सह सचिव भूमा पुन र कोषाध्यक्ष बालाजु श्रेष्ठ रहेका छन । युनियनको सदस्यमा गिरीराज थापा, रमेश आचार्य र उर्मिला आचार्य निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य दामोदर प्रसाद सुवेदीले जानकारी दिए ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा लिलाराज वुढा, गगन रोकाया,रचना श्रेष्ठ, नारायण रेग्मी, तेजकुमारी विष्ट,संकल्प वुढाथोकी,पहलमान घर्ती,सन्ध्या वुढाथोकी,भावना हमाल र भूमा पुन रहेका छन ।

केन्द्रीय प्रतिनिधिहरुमा राजेश वुढाथोकी, कविता उपाध्याय, प्रकाशचन्द्र आचार्य,गणेश सुवेदी, भगवती मल्ल ,एञ्जिला घर्ती,तुलवहादुर डाँगी र रामचन्द्र आचार्य रहेको प्रेस यूनियन रोल्पाका निवर्तमान अध्यक्ष कविता उपाध्यायले जानकारी दिईन ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पूर्व सिचाई राज्य मन्त्री तथा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिं पुन, विशिष्ट अतिथि नेपाल प्रेस यूनियनका पूर्व केन्द्रीय अध्यक्ष समिरजंग शाह लगाएतकाे सहभागीता रहेकाे थियाे ।

२०७५ कार्तिक ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको