प्युठानमा करेन्ट लागेर २७ वर्षीय युवतीको मृत्यु


असोज ३०, प्युठान । प्युठानमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका– ४ धुबाङकस् २७ वर्षीया सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

करेन्ट लागेपछि उनलाई उपचारको क्रममा प्युठान अस्पताल बिजुवार ल्याइएको थियो । उनको उपचारको क्रममा प्युठान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

३० आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको