असोज ३०, सल्यान । सल्यानमा जिप दुर्घटना हुदा ४ जना घाइते बनेका छन ।
कुमाख ५ नेटाबजारबाट श्रीनगरका लागि छुटेको लु१ ज ३०२१ नम्बरको जिप विहान ७ बजे चाख्लिघाट नजिकै दुर्घटना भएको हो ।
सिद्द्कुमाख गाउँपालिका वडान २ चाख्लीघाट नजिकै दुर्घटनामा हुदा चालक सहित यात्रुहरू पनि घाइते भएको सल्यान रुकुम यातायात ब्यवसायी समितिले जनाएको छ ।
घाइते हुनेहरूमा कोहलपुर १२ बाँकेका ५६ बर्ष नर ब बुढाथोकी, गाडिधनी सल्यान त्रिवेणी ५ का २९ बर्ष राजकुमार सुनार, चालक त्रिवेणी ६ का २४ बर्ष टेक बहादुर बिक कोर्वाङ झिम्पेका २१ बर्षका निम बहादुर केसि रहेका छन ।
घाइतेको श्रीनगर स्थित अधिकारी बन्धु पोलिकिल्निक र जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस