असोज २९, काठमाडौं । वरिष्ठ नेता वामदेव गौतमको सांसद बन्ने रहरलाई दोश्रो वरियताका अध्यक्ष प्रचण्डका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र निकै रडाको मच्चियो तर केपी ओलीको अस्वीकृतिका कारण असफल रहेको खुलासा भएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’को रणनीतिमा जन्मिएको वामदेव प्रकरण असफल भएपछी यतिबेला ‘बामदेवले गर्दा पार्टी खत्तम भयो’ भन्ने हौवा फैलाइएको छ, यो हौवा प्रचण्डको बचाउका लागि मात्र फैलाएको कुटनैतिक हल्ला हो ।
वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको बताउँदै प्रचण्डले पनि यो प्रकरण समाप्त भएको भन्दै शीर्ष तहमा अविश्वासका अवस्था नरहेको दाबीसमेत गरेका छन् ।
वामदेवका लागि सिट खाली गर्न काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । जुन पत्र प्रचण्ड निवासमा तयार भएको थियो ।
प्रचण्डको इशारामा तयार भएको पत्रबारे पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीबाट ठाडो अस्वीकार भएपछी वामदेव प्रकरण टुंगिएको हो ।
ओली लगायतका नेताहरुलाई पूर्वसूचना नभएपछि नेकपाका शीर्ष नेताहरुमा अविश्वासको अवस्था आएको थियो ।
प्रचण्डले अविश्वास अन्त्य भएको बताएपनि वामदेव प्रकरणपछि नेकपाको बैठक नै बस्न नसक्ने अवस्था आएको छ । पार्टी एकीकरणका महत्वपूर्ण काम बाँकी हुँदाहुँदै पनि नेकपाको बैठक अनिश्चित भएको छ ।
वामदेवका लागि सांसद पदबाट राजीनामा दिने सांसद रामवीर मानन्धरको पत्र देखेपछि ओलीले बैठक नै बसाउन दिएका छैनन् ।
प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले विहान निवासमै पुगेर प्रचण्डलाई भेटेका थिए । अर्का अध्यक्ष ओलीसँग पनि भेट्ने समय मिलाउन लागिएको इन्चार्ज शाक्यले बताइन् ।
बैठकमा शाक्यले स्थायी कमिटी बैठक नबोलाइएको भन्दै नेतृत्वको आलोचना गरेकी थिइन् । पार्टीमा बैचारिक छलफल बहस हुन छाडेको र बैठकबाट नेतृत्व तर्किने गरेको भन्दै शाक्यले तत्काल पार्टीलाई जीवन दिनुपर्ने बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस