बुटवलको ‘रातो घर’लाई नेकपाले स्मृती भवन बनाउने


असोज ३०, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले विगतदेखी प्रयोग गर्दै आएको आफ्नो पार्टी कार्यालय ‘रातो घर’लाई सहिद स्मृती भवन बनाउने भएको छ ।

१० बर्षे महान जनयुद्ध लगायतका आन्दोलनहरुमा बलिदान दिने रुपन्देहीका झण्डै ७० जना सहिदहरुको स्मरणमा नेपाल कम्युनिष्ट पार्टीले सहिद स्मृती भवन निर्माण गर्न लागेको हो ।

सोमबार नेकपाको पार्टी कार्यालय रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ स्थित ‘रातो घर’ रहेको स्थलमा सहिद स्मृती भवन निर्माण स्थलको अवलोकनपछि पत्रकारहरुसँग प्रतिक्रिया दिदैं सो पार्टी जिल्ला सेक्रेटरी अमर रोकाले, सरकारले जनयुद्धकालिन सहिद र सहिद परिवारजनप्रति हेर्ने दृष्टिकोणसमेत पूर्वाग्रही रहेको र प्रचण्ड– बाबुरामहरु सरकारको नेतृत्वमा रहँदा समेत जनयुद्धका सहिद, घाईते, अपाङ्ग परिवारहरुलाई अपमान गरेको बताउँदै आफूहरुले सहिदहरुको स्मरण गर्दै भवन निर्माण गर्न लागेको बताए ।

उनले संसदवादी दलहरुले समेत यि र यस्तै प्रकृतीका स्थलहरुमा विभिन्न स्मृती भवन तथा प्रतिष्ठानहरु बनाउने गरेको हुँदा आफूहरुले पनि सहिद र बेपत्ता परिवारजनहरुलाई स्मरण र सम्मानार्थ सो भवन निर्माण गर्न लागिएको बताए । सेक्रेटरी अमरका अनुसार केही समयमै निर्माण कार्य सुरु गरिनेछ ।

पछिल्लो समय सो पार्टीले विभिन्न ठाउँमा सहिद स्मृती भवन, सहिद स्मृती सडक तथा विभिन्न निर्माणका कार्यहरु गर्दै आएको छ । यता रुपन्देहीमा पनि विभिन्न ठाउँहरुमा यसअगाडी नै सहिद स्मृती भवन तथा पार्कहरु निर्माण भैसकेका छन् भने पार्टी विभाजनपछि विप्लव नेतृत्वको नेकपाले रुपन्देहीमा सो स्मृती भवन निर्माण गर्न लागेको हो ।

पार्टीको महाधिवेशनको निर्णयबमोजिम नै सो स्थानमा स्मृती भवन निर्माण गर्न लागिएको बताईएको छ । सो स्थानको रातो घर विगतदेखी नै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यलयको रुपमा प्रयोग गर्दै आईरहेको छ ।

३० आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको