रोल्पामा विभिन्न दलका १९ नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश


भदौ ३१, रोल्पा । रोल्पाको रुन्टीगढीमा विभिन्न दलका नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

एकीकृत जनजागरण अभियान अन्तर्गत रुन्टीगढी गा.पा वार्ड .७ सत्तिम रोल्पामा अभियानकै क्रममा एमाले माके र नेपाली काङ्ग्रेसबाट १९ जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

जनसमुदायको बाक्लो सहभागीमा भरत रोकाको अध्यक्षतामा ३ जना पछी थप्ने गरि १५ सदस्य योग रेड फोर्स गठन गरिएको छ भने बन्धुको नेतत्वमा ७ सदस्य जनसत्ता रुन्टिगढी गठन गरिएको छ ।

कार्यक्रम संचालक विद्यार्थी जिल्ला संयोजक सुशील परियारले गरेको कार्यक्रमका प्रमुख अतिथि गेमि र अतिथिमा मोहन रहेका थिए । कार्यक्रम बन्धुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

३१ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको