भदौं ३१, उदयपुर । जिल्ला अदालत उदयपुरले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
आइतबार अबेर जिल्ला अदालत उदयपुरमा पुर्याएका प्रकाण्डलाई प्रमुख जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले वम काण्डको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिइएको हो ।
गत चैत्र २८ गते त्रियुगा नगरपालिका १३ स्थित थरुहट रंगशाला नजिकै हवाई फिल्डको चौरमा भैँसीको पाडा चराउँदै गरेका स्थानीय १४ वर्षिय बालक पारस राईले झोलामा कालो वस्तु देखेको र त्यो हेर्न खोज्दा विष्फोट भएको थियो । विष्फोटबाट बालक घाइते भएका थिए ।
सोहि आरोपमा प्रवक्ता प्रकाण्डलाई काठमाडौंको सर्वोच्च अदालतको परिसरबाट शुक्रबार पक्राउ गरी आइतबार जिल्ला अदालत उदयपुरमा उपस्थित गईराएको हो ।
प्रतिक्रिया दिनुहोस