असोज ५ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने


भदौ ३१, काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

शैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायी र यातायत व्यवस्था विभागबीच आइतबार सहमति जुटेको हो ।

व्यवसायीहरुलले भाडादर बढाउनु पर्ने, यातायात समितिका बैंक खाता खोल्नु पर्ने लगायतका माग राखेर टिकट बुकिङ खुलाउन मानेका थिएनन् । तर विभाग र व्यवसायी बीच भएको छलफलपछि असोज ५ गतेदेखि टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

यातायात व्यवस्था विभागसँग अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले जानकारी दिए ।

गत वर्षहरूमा टिकट बुकिङ घटस्थापनाको एक महिनाअघिदेखि खुला गरिँदै आएको थियो। तर यो वर्ष यातायात विभाग र व्यवसायीको छलफल नटुंगिएका कारण टिकट बुकिङमा ढिलाई भएको हो। यो वर्ष असोज २४ गते घटस्थापना परेको छ।

३१ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको