३३ केजी सुनकाण्ड: डिएसपी प्रजित केसी पनि थुनामुक्त


भदौ ३१, काठमाडौं । ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी रिहा भएका छन् । डिएसपी केसी गत वैशाख १६ गते पक्राउ परेका थिए ।

आइतबार उच्च अदालत, विराटनगरले डिएसपी केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलाशले केसीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

डिएसपी केसीले थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । केसी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखामा कार्यरत थिए ।

महाशाखाका तत्कालिन प्रमुख एसएसपी दिवेश लोहनी पनि गत भदौ २९ गते मात्र साधरण तारेखमा रिहा भएका थिए । केसीविरुद्ध सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।

३१ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको