प्रधानमन्त्री कार्यालयले सफ्टवेयरकाे माध्यम बाट मन्त्रालयकाे कामकाे अनुगमन गर्ने


भदौ ३१ , काठमाडौ । सफ्टवेयर काे माध्यम बाट अब प्रधानमन्त्री कार्यालयले मन्त्रालयकाे कामकाे अनुगमन गर्ने भएकाे छ।

सफ्टवेयर असाेजकाे पहिलाे साताबाट सञ्चालनमा अाएपछि प्रधानमन्त्रीले मन्त्रालय र मन्त्रीकाे कामकाे अनुगमन गर्न सक्ने छन। प्रधानमन्त्रीले माेबाइल, ट्याबलेट र ल्यापटप बाट मन्त्री र मन्त्रालयहरुकाे प्रगति थाहा पाउन सक्ने छन । कार्यतालिका अनुसारकाे प्रगति नदेखिएमा किन काम भयन के के कारणले हुन सकेन भनेर जानकारी लिन सक्ने छन।

मन्त्रालयले हरेक महिनाकाे ७ गते भित्र कार्ययोजना अनुसारको प्रगति विवरण बुझाए लगतै सफ्टवेयरले मुल्यांकन गरेर तीन श्रेणी मा सुचिकृत गर्ने छ। तीन श्रेणी हरु ग्रिन एलाे र रेड जाेन गरि तीन भागमा बाडिएकाे छ। प्रतिबद्धता अनुसार ८० प्रतिशत भन्दा माथि काम गर्ने मन्त्री अति राम्रो अर्थात ग्रिन जाेन भित्र पर्नेछन।  ५० देखि ८० प्रतिशत सम्म काम गर्ने मन्त्री एलाे जाने अर्थात अाैसतमा पर्नेछन। ५० प्रतिशत भन्दा कम काम गर्ने रेड जाेन अर्थात निरासाजनकमा पर्नेछन।

यसरी गरिने मुल्यांकन सबन्धित मन्त्री , मन्त्रालयका सचिव , सिमित सह सचिव , प्रधानमन्त्री कार्यालयका उच्च अधिकारी र सल्लाहकार टिम बाहेक अरुलाई थाहा हुने छैन। किनभने यसकाे युजर नेम र पासवर्ड सिमित लाई मात्रै दिईएकाे छ। रेड जाेनमा पर्ने मन्त्रीलाई जुनसुकै वेला परिवर्तन गर्न सक्ने चर्चा चल्दै अाएकाे छ।

३१ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको