चेलीबेटी बेचबिखन गर्ने म्यानपावर संचालकलाई नेकपाले दल्यो कालो मोसो


भदौ ३१, पोखरा । अबैध धन्दा गर्दै आएको पोखराको लक्की म्यानपावरलाई बिप्लब नेतृत्वको योङ्ग रेड फोर्स नेपाल कास्कीले कालोमोसो दलेर कारबाही गरेको छ। ठगी धन्दा गर्दै आएका लक्की म्यानपावरका सञ्चालक रस बहादुर गुरुङलाई बिप्लब नेतृत्वको नेकपाले कालो मोसो दलेर कारबाही गरेको हो ।

अबैध मेनपावर माथी नेकपा र योङ्ग रेड फोर्सले संयुक्त रुपमा तालाबन्दी र कालोमोसो सहित मेनपावर खारेज गरेको छ।

योङ्ग रेड फोर्सले ५ बुँदे कारण सहितको नोटिस जारि गरि आइतबार गुरुङ माथि कालो मोसो दलेको हो । गुरुङले बिना इजाजत अबैध रुपमा म्यानपावर संचालन गर्दै दर्जनौ युवाहरुलाई बिदेशमा अलपत्र पारेको नोटिस पत्रमा उल्लेख छ ।सेक्युरिटी कम्पनीको नाममा म्यानपावर धन्दा समेत चलाएको बुझिएको छ ।

त्यसैगरि महिलाहरुलाई दिल्लीको बाटो हुँदै बेचबिखन गरेको गम्भीर आरोप समेत लगाएको छ । उक्त म्यानपावरबाट विदेश गएका र अलपत्र परेर फर्किएका युवाहरुको पैसा फिर्ता नगरी डर धम्कि दिएको समेत योङ्ग रेड फोर्स नेपालले पुष्टि गरेको छ ।

अझै पनि नेकपाको कारबाहीलाई अटेरी गरे थप शसक्त कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

हेर्नुहोस योङ्ग रेड फोर्स नेपालले जारि गरेको नोटिस:

 

३१ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको