सल्यानमा खोलाले बगाउँदा दिदी र भाइको मृत्यु, आमा घाइते


भदौ ३१, सल्यान । सल्यानमा खाेलाले बगाउदा एकै घरका दुर्इ बालबालिकाकाे ज्यान गएकाे छ ।

जिल्लाकाे दार्मा गाउँपालिका ६ मलिबाङका दुर्गा केसीका २ वर्षिय छाेरा माेहन केसी र ६ वर्षिया छाेरी रेखा केसीलार्इ स्थानीय दार्मा खाेलाले बगाउदा मृत्यु भएकाे हाे । उनिहरुलार्इ शनिबार साझ ७ बजेतिर खाेलाले बगाएकाे थियाे ।

बेपत्ता २ बर्षिय छोरा मोहन केसीको घटनास्थल देखी करिब २ किमी तल शब फेला परेको हाे । यस्तै ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल देखी ३ किमी तल शब फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मोहनको शव राती नै भेटिएपनि रेखाको भने आज बिहान मात्रै शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताए ।

उनिहरु तीज मनाउन मामाघर रुकुम त्रिवेणी गएका र घर फर्कदै गर्दा खाेलाले बगाएकाे स्थानीय रेमन्त देवकाेटाले जानकारी दिए ।

उनका अनुसार मृतककी अामा पुर्णिमा केसीले २ बर्षीय छाेरालार्इ टाउकामा राखेर पिठ्ठिउमा सामान बाेकेकाे र ६ वर्षिया छाेरीलार्इ हात समाएर खाेला तर्दै गर्दा ढुंगामा चिप्लिएपछि उनीहरुलाई खोलाले बगाएको थियो ।

मृतक बालबालिकाकी आमा २८ वर्षीया पुर्णिमा केसी पनि घाइते भएकी छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मृतकका बाबु भने बैदशिक रोजगारीको शिलशिलामा मेलेसियामा छन् ।

३१ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको