बाबुरामलाई कालो झन्डा देखाउनेहरु प्रति दिल निशानीको यस्तो आक्रोस


भदौ ३१, काठमाडौं । समाजवादको संकटको कारण खोज्न अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई अमेरिकामा बस्ने नेपालीहरुले ‘गो ब्याक’ भन्दै कालोझण्डा देखाएर विरोध जनाएका छन्।

अमेरिका भ्रमणमा क्रममा भट्टराई एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा केही युवाले कालोझण्डासहित विरोध गरेका हुन् ।

उनीहरुले बाबुरामको नेतृत्वमा नेपालका कयौँ हजार सर्वसाधरण मारिएको बताउँदै आलोचना गरेका थिए । विरोधमा सहभागीहरुले तत्कालीन माओवादीले जनयुद्धका नाममा ठुलो अपराध गरेकाले विरोध गर्नुपर्ने बताएका छन् ।

यसरि आफ्नो मातृभूमि छोडेर अमेरिका भाषीएका नेपालीहरुले अमेरिकानै आफ्नो जन्म भुमि भएको झैँ गरि डा. बाबुराम भट्टराईलाई ‘गो ब्याग’ भन्नु र जनयुद्दको मुद्दालाई अपमान हुनेगरी बिरोध हुँदा, नेपालमा माओबादीवृतमा रहेका नेपालीहरुले चित्त दुखाएका छन् ।

जनयुद्दको अपमान हुनेगरि भटराईलाई अपराधी जस्तै बनाएर बिरोध गरेको देख्दा तिनै बिरोध गर्ने नेपालीहरु प्रति लेखक दिल निशानी मगरले सामाजिक संजाल फेसबुक मार्फत कडा शब्दमा आलोचना गरेका छन् ।

हेर्नुहोस दिल निशानी मगर भनाइ:

अमेरिका गएर क्रिश्चियनहरुको चर्पि सफा गर्ने ४ जनाले भट्टराईको बिरोध गरेको भन्दै ‘राणीका बानहरुले पूर्वप्रम डा.बाबुराम भट्टराईलाई कालो झण्डा देखाएको आक्रोस पोखेका छन्।

निशानिले कडा प्रश्न गर्दै भनेका छन् ‘देश दुखेको बेला विदेश भाग्ने राणीका बानहरुलाई देश प्रति डा. बाबुराम भट्टराईको योगदान कति छ भनेर के थाहा?’

भटराईको व्यक्तित्वलाई उजागर गर्दै लेखक निशानीले कडा सब्दमा प्रतिवाद गरेका छन्, उनले भनेका छन ‘राणीका बानहरुले जुन बिश्वविधालयमा सन्तान पढाउने सपना देख्छन्, त्यही बिश्वविधालयमा प्रोफेसर भएर अमेरिकालाई पढाउने हैसियत राख्छन् डा. बाबुराम भट्टराई।‬’

भिडियो हेर्नुहोस: 

अमेरिकामा भएको आफ्नो बिरोध पछी बाबुराम भटर्राईले नेपाली पत्रकारिता प्रति असन्तुष्टि जनाएका छन् ।

कार्यक्रममा उपस्थित सहभागी र उनीहरु संग भएको उच्चस्तरीय विमर्श समाचार नबेर ५ जनाले गरेको आफ्नो बिरोध बारे भँगेरे अक्षरमा समाचार बनाएको भन्दै भटराईले ट्वीटमा चिन्ता व्यक्त गरेका छन् । यस्तो चिन्तनले देश समृद्ध बन्नेमा प्रश्न समेत उठाएका छन् ।

डा. भट्टराई गत भदौ २८ गते अमेरिकाका लागि उडेका थिए । उनी अमेरिकाको भ्रमणपछि असोज २२ गते नेपाल फर्किने कार्यक्रम छ ।

डा. भट्टराई अमेरिकामा रहेका नेपाली समुदाय तथा बिभिन्न क्षेत्रमा स्थापित अर्थविद्, योजनाकारहरुसँग नेपालको विकासका लागि के कस्तो मोडल उपयुक्त हुन्छ भन्ने बारेमा बुझ्न एक महिनाको भ्रमणका लागि आएका हुन् । उनले बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

हेर्नुहोस डा. बाबुराम भटर्राईको भनाइ:

 

को हुन् बिरोध गर्नेहरु ? नयाँ खुलासा

अाफूलाइ माअोवादी पीडित भएको दावी गर्दै नेपालका पूर्ब प्रधानमन्त्रीलाइ कालोझण्डा देखाउनेमा एकजना भारतीय समेत रहेको पुष्टी भएको छ । डा. भट्टराइ विरूद्ध अभद्र नाराबाजी गर्नेमध्यका एक दिनेश शर्मा भारतीय नागरिक हुन् ।

मावली नेपालको धरानमा भएपनि उनी जन्मेको र हुर्केको भारतको मुम्बइ शहर हो । मुस्किलले नेपाली शव्द बोल्ने शर्मा टेक्ससमा अाफूलाइ ठूलै कांग्रेसी नेता हुँ भन्दै दावी गर्छन् । तर उनी नेपालको नागरिक समेत होइनन् ।

त्यस्तै तरुण दल अमेरिकाको अध्यक्ष बताउने तर ड्यालसको नेपाली समुदायमा असाध्यै भाँड पात्रका रूपमा चिनिएका ओम भट्टराई, सन्तोष बिष्ट, भरत अर्याल, साजन मुल्मी, विकास उप्रेती लगायत व्यक्तिहरुको अगुवाईमा डा. भट्टराई विरुद्ध नारा लगाउँदै कालोझण्डा देखाइएको थियो ।

जनसम्पर्क समिति अमेरिका नेपालको राजनीतिक दल नेपाली कांग्रेस निकटहरुको संस्था हो ।

बिरोध प्रति अमेरिकामै चित्त दुख्यो

डा. भट्टराई विरुद्धको कालोझण्डा देखाउने र विरोध कार्यक्रममा जनसम्पर्क समितिकै नेताहरुको असहमति रहेको बुझिएको छ । सोही कारण च्याप्टर सभापति ज्ञानेन्द्र कार्की लगायतका नेताहरु कार्यक्रममै उपस्थित भएनन् भने भित्र हलमा डा. भट्टराईका धारणा सुन्न उपस्थित जनसम्पर्कका नेताहरु समेत बाहिर निस्किएनन् ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्पन्न वृहद शान्ति सम्झौतामा पनि द्वन्द्वकालिन विषयलाई कहिँकतै नउठाउने भन्ने उल्लेख हुनुले पनि अब विगत कोट्याएर कुनै फाइदा नहुने जनसम्पर्क समितिकै नेताहरुको धारणा छ ।

पूर्ब प्रधानमन्त्री तथा माओवादी छाडेर हाल नयाँशक्ति पार्टी मार्फत राजनीति गर्दै आएका डा. भट्टराई जस्तो व्यक्तिलाई कालोझण्डा देखाएकोमा एनआरएनले समेत दुःख व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन गरिरहेका एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीले अभद्र व्यबहार प्रति दुःख व्यक्त गरेका थिए ।

डा. भट्टराईले भने मन्तव्यका क्रममा जुनसुकै परिवर्तन र क्रान्ति पीडादायी हुने रहेछ भन्दै व्यक्तिगत रुपमा परेको पीडाप्रति दुःख व्यक्त गरेका थिए ।

३१ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको