साउन २८, हुम्ला । ठेकेदारहरुले समयमै सामान ढुवानी नगर्दा जिल्लाका ११ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता गरेको समय सम्म ठेकेदारहरुले सामान ढुवानी गर्न नसके पछि जिल्लाका विभिन्न गाउँ जोडने ११ वटा झोलुङ्गे पुलका काम रोकिँदा सेवाग्राही काठको पुलको जोखिम यात्रा गर्न बाध्य भएका छन ।
सामान ढुवानी नहुँदा निर्माणको काम रोकिएको बुराउँसे खोला झुलुङ्गे पुल । तस्बिर: रेशमराज रोकाया
आर्थिक वर्ष ०७२ सालमा टसी काग्रो ढुवानी सेवाका सोनाम लामाले ४ वटा झुलुङ्गे पुलको जिम्मा लगेको भएता पनि हाल सम्म सामान ढुवानी गर्दा पुलको काम सम्पन्न हुन सकेको छैन ।
त्यसै गरी आर्थिक वर्ष ०७३ मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतले ७ वटा झोलुङ्गे पुलको सामान ढुवानी गर्नको लागि जिम्मा लिएको भएता पनि एक किलो सामान निर्माण स्थलमा पुर््याएका छैनन । ठेकेदारहरुले सामान समयमै ढुवानी नगर्दा जिल्लाका सबै झोलुँगे पुल निर्माण काम रोकिएका छन । सम्पन्न भएका अन्य उपभोक्ताको काम पनि हाल जिर्ण हुँदै गएका छन ।
जिल्लाको चाफेटडी झोलुङ्गे पुल प्रमुख प्राथामिकता रहेकोले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिीनियर देवी ऐडीले बताए । पुल निर्माणको ९० प्रतिशत काम भईसकेको सामान ढुवानी नहुँदा सबै पुल निर्माण सम्पन्न हुन नसकेको ईन्जिीनियर ऐडीको छ ।
उता आर्थिक वर्ष ०७२÷०७३ मा सम्पन्न हुनुपर्ने मुचु झोलुङ्गे पुल, बुराउँसे घट््टे खोला, ठाडोखोला ठेहे र सिक्प खोला राहदेवको झोलुङ्गे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिएका छन ।
आर्थिक वर्ष ०७४÷०७५ मा सम्पन्न हुनुपर्ने चारटँङग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतसँग सम्झौता रहेको प्रमुख ईन्जिीनियर ऐडीले बताए ।
जिल्लाका झोलुँगे पुलको सामान ढुवानी गर्नको लागि हेलिकोप्टरको प्रयोग गर्नु पर्ने भएकोले सामान ढुवानी हुन नसकेको निर्माण व्यवसायीको भनाई रहँदै आएको छ । सामान ढुवानीको लागि तत्कालिन जिल्ला विकास समितिको कार्यालयबाट पेश्की रकम लिएको भएता पनि झोलुँगे पुलको सामान ढुवानी नगरी निर्माण व्यवसायी चुप्प लागि रहेको अवस्था छ । सबै सरोकारवाला निकायले पनि यसको बारेमा गुनासो नगर्दा पनि पुल बेलैमा सम्पन्न हुन सकेका छैनन ।
उता नेपाल सरकारले समयमा नै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउने जनाए पनि हुम्लाका निर्माण व्यवसायीलाई भने यो अभियानले कुनै असर पारेको छैन ।
निर्माण व्यवसायीले धेरै निर्माणको लागि काम जिम्मेवारी लिने र काम कहिल्यै पनि बेलैमा सम्पन्न नगर्ने परिपाटी हुम्लाको लागि अनौठो नरहेको सेवाग्राहीको भनाई रहँदै आएको छ । जिल्लाका झोलुङ्गे पुल निर्माणका लागि ४ करोड ४० लाख विनियोजन गरिएको भएपनि डेढ करोड रकम फ्रिज गएको छ ।
समयमै निर्माण कार्य सम्पन्न नहँुदा झोलुङ्गे पुल निर्माणका लागि विनियोजित रकम फ्रिज भएको हो । साउन महिनाको १० गते सम्म म्याद थप गर्नुपर्ने मिति रहेपनि ठेकेदारहरुले म्याद थप गर्न समेत नआएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिीनियर देवी ऐडीले जानकारी गराउनु भयो ।
उपभोक्ता समितिले गर्नुपर्ने सबै काम सम्पन्न भईसकेको र ठेकेदारहरुले ढुवानी गर्नुपर्ने काम रोकिएकोले पुल निर्माण कार्य ढिलाई भएको ऐडीले बताए ।
पुल निर्माण नहुदा स्थानीयहरुलाई आवतजावत गर्ने समस्या देखिएको छ । श्रीनगरको चापेटडी झुलुङ्गे पुल निर्माण नहँुदा स्थानीयहरु तुइनको माध्यमबाट नदी वारपार गर्ने बाध्य थिए । कुन बेलामा तुईनको यात्राले ज्यान लिने हो भन्ने जोखिममा नदी पार गर्नु परेको स्थानिय अशोक विष्टको भनाई रहेको छ ।
त्यसै गरी सिमिकोट गाउँपालिकाको बुराउँसे खोलामा रहेको पुल नबन्दा स्थानिय जोखिमको यात्रा गरिरहेका छन । समयमै पुल निर्माण भएपछि स्थानीयहरुलाई आवत जावत गर्ने सहज भएको छ । जिल्ला ११ वटा खोलामा पुल तोकिएको समय सम्म निर्माण कार्य नहुदा स्थानीयहरुलाई असहज हुने गरेको छ ।
पुल बन्ने भयो अब त सहज रुपमा खोला र नदीको पार गर्न सहज हुने भयो भन्ने आशामा बसेका हुम्लाका वासिन्दा अझै पनि जोखिमयुक्त काठे पुल र तुईनको यात्रा गर्नमा नै बाध्य रहेका छन ।
प्रतिक्रिया दिनुहोस