अध्यन संगै कृषि उत्पादनमा लागेका एक उदाहरणीय श्रमिक युवा


साउन ३१, ओखलढुंगा । सयौँ रोपनी बाँझो जमिनको भूउपयोग गर्दै ग्रामीण व्यावसायिक कृषि क्रान्तिमा लागेका जागरुक, परिश्रमी एबं युवा दिवान राईले ‘गरे के असम्भव हुन्छ’ भन्ने कुराको प्रमाणित गरेका छन ।

ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका वडा नं ५ पंखुमा विगत केहि वर्ष अगाडीदेखि सुरुमा करिब १० लाख लगानी गरी ग्रामिण व्यवसायिक कृषिमा वैज्ञानिक तवरबाट सक्रिय उनले उन्नत जातका तरकारीहरु टमाटर, काउली खोर्सानी, च्याउ लगायत रुद्राक्ष, सुन्तला, वोधीचित्त, अम्रिसो सहित विभिन्न प्रजातिका उत्पादनमुलक नगदेवादी करिब ५० रोपनीभन्दा वढी क्षेत्रफलमा लगाएका छन्। भने पशुपंक्षीतर्फ सुंगुर, बंगुर र कुखुरा पालनमा पनि उतिकै जोड दिइएका छन ।

राम्रो उत्पादोन्मुख अवस्थामा रहेको आधुनिक कृषि व्यवसाय सन्चालक राईले स्थानिय केहीलाई मौसमी रोजगारी समेत दिएका छन् । सुंगुर, बंगुर पालनबाट प्राङगारिक मल पनि उत्पादन हुने सोहि मलको सहायताले बिषादी रहित हाईजेनिक तरकारी व्यवसायले स्थानिय बजारमा राम्रो खपत भइरहेको छ भने उत्पादित तयारी तरकारीजन्य र मासुजन्य वस्तुहरु जिल्लाभरी र आसपासका खोटाङ, सोलुखुम्बु, उदयपुर र उपयुक्त सिजनमा काठमाण्डौसम्म बजारिकरण गर्ने गरेका छन् ।

बिभिन्न जिल्लामा सन्चालित व्यवसायिक कृषि फर्महरुको औपचारिक भ्रमण तथा कृषि सम्वन्धि विभिन्न ज्ञान अनुभव र तालिम प्राप्त गरेका उनले समग्रमा सबै उत्पादनबाट बार्षिक ५ देखि ८ लाखसम्म आम्दानी गर्ने गरेका छन् । यसका साथै फुर्सदको समयमा बिभिन्न क्षेत्रमा सन्चालन हुने व्यवसायिक कृषि बिशेष तालिम, सेमिनार, गोष्टीमा भाग लिने गर्दछन।

स्थानीय राजनीतिमा पनि सक्रिय उनी ग्रामिण विकासका लागि बिभिन्न समूहरुको नेतृत्व गरी सडक, खेल मैदान, स्विमिङ पुल, पर्यटकीय क्षेत्र निर्माण, बिद्यालय स्वास्थ्य संस्था तथा पाटी पौवा निर्माणमा प्रभावकारि भुमिका खेलेका छन।

स्नातककोत्तर तह अध्यन गर्दै गरेका राई भन्छन् ‘शारिरीक श्रम गर्न लाज, अप्ठ्यारो मान्नु हुदैन, राम्रो आयआर्जन गर्न सकिन्छ । समाजमा पढेका मान्छेले के यस्तो काम गरेको भन्ने बराला युवाहरुलाई श्रमको सम्मान गर्न सिक, विदेस गएर तेश्रो दर्जाको काम गर्नुभन्दा ग्रामिण क्षेत्रमै परिश्रम गर्दा इज्जत हुन्छ ।’ आफै ब्यवसाय गरी उद्यमशिलता बढाउन सकिन्छ । ब्यापक परिश्रम गर्न आमयुवा वर्गलाई प्रोत्साहित गर्छन ।

परम्परागत जिविकोपार्जनका हिसावले गरिने ग्रामिण कृषि व्यावसाय, तुलनात्मक रुपले कम उत्पादन हुने, श्रम र लगानी ज्यादा उत्पादन न्युन हुने अनि बढ्दो वैदेशिक रोजगारिका आकर्षणले श्रमशक्तिको अभावमा अधिकांश उत्पादनयोग्य जमिन बाझो पल्टिन गएको बेमौसमी वर्षा, प्रकोप र जववायु परिवर्तनले कृषि उत्पादन (मकै, कोदो, गहुँ) न्युन भएको केवल जिवीकोपार्जन मात्र भएकोले व्यवसायिक उत्पादनमुखी कृषि क्रान्तितर्फ लागेको उनको भनाइ छ ।

सिजन अनुसार जिल्ला कृषि विकास कार्यालय र अन्य विभिन्न संघसंस्थाहरुबाट अनेक प्रजातिका विरुवाहरु र पशु आयात गरेर वर्षेनी थप्ने गरेको बताए । पछिल्लो समय अभ्यासरत व्यबसायिक कृषितर्फ अधिकांशको चासो बढेको र उत्पादनमा प्रतिस्पर्धा भएकाले सन्तोषजनक आय नभएको दाबी गर्छन । प्राविधिक ज्ञान लिएर ग्रामिण क्षेत्रमै परिश्रम गरे विदेश भन्दा कम आयश्रोत नहुने, गा्रमिण विकास र रुपान्तरणमा सहयोग पुग्ने अर्थतन्त्र समृद्ध हुने र नेपाली श्रमशक्तिले मरुभुमी हराभरा बनाउनुको सटटा आफनो मुलुक गाउ ठाउमा परिश्रम गर्न विदेशिएका युवाहरुलाई आग्रह गर्छन्।

बेमौसमी वर्षा र प्राकृतिक प्रकोपका कारण उत्पातिद वस्तुहरु तत्काल बजार पुर्याउन नसक्दा क्षति पुग्ने गरेको छ । उक्त जोखिम न्युनिकरण्का लागी कृषि बिमा अपरिहार्य भएको बताए । पशु तथा तरकारीमा नश्ल सुधार गरी कृषि ब्यवसायलाई राज्यले बैज्ञानिकीकरण तथा बिबिधिकरणमा जोड दिन सके बाहिरबाट आउने बार्षिक करोडौको तरकारी बिस्थापन हुन सक्छ । रोजगारीका अवसर बढ्नुका साथै स्थानीय उत्पादन सम्बृद्द हुन जान्छ ।

जिविकोपार्जन परम्परागत कृषि प्रणाली छोडेर आधुनिक व्यवसायिक कृषि क्रान्तितर्फ लाग्न ग्रामिण आमजनमानसमा चेतनाको वृक्षारोपण समेत गर्ने गरेका छन् । उनी भन्छन, हाल अनुभवको चरणमा उत्पादोन्नमुख कृषि प्रणाली छ पछि विभिन्न निकायबाट अनुदान, प्राबिधिक ज्ञान प्राप्त गर्न सकिन्छ र उत्पादनमुखी व्यवसायमा स्तरोन्नती गर्न सकिन्छ । बौद्धिक तथा व्यवहारिक रुपले परिपक्व राई वैज्ञानिक ग्रामिण कृषि क्रान्ति तथा व्यवसायिकरणतर्फ तल्लिन उनी एक सफल उधमीका चर्चित छन।

३१ श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको