काठमाडौँमा स्कुटर दुर्घटनामा परि नुवाकोटकि एक महिलाको मृत्यु


असार २, काठमाडौँ । काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बालाजु–सोह्रखुट्टे सडकखण्डमा पर्ने पिपुल्स अस्पताल अगाडि सडकमा आज दिउँसो बा २ ख ७०६ नंको माइक्रोबस, बा ३४ प ३६६७ नंको मोटरसाइकल र बा ५३ प ३६८२ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार नुवाकोट घर भई काठमाडौँ बस्ने ४० वर्षीया पवित्रादेवी भट्टको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले स्कुटर दुर्घटनामा गम्भीर घाइते भट्टको उपचारका क्रममा पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

२०७५ असार २,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको