नेत्र बिक्रमका दुई छोरा माथी मध्यरातमा आक्रमणको प्रयास


चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका छोरामाथि आक्रमणको प्रयास भएको छ । अध्ययनको क्रममा चितवनमा डेरा लिएर बस्दै आएका प्रकाश र नक्षत्र चन्दमाथि आक्रमणको प्रयास भएको हो ।

भरतपुर महानगरपालिका—११ स्थित जागृतिचोकमा रहेको डेरामा राती २ जना अज्ञात मान्छेहरुले रड र लौरोले कोठाको ढोका खोली आक्रमण गर्ने प्रयास गरेको प्रकाशले बताएका छन् ।

प्रकाशसँगै बस्दै आएका अन्य विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि आक्रमणकारी भागेका थिए । उनीहरुले रड, जुत्ता–चप्पल छोडेर भागेका थिए ।

केही समय पहिलेदेखि अज्ञात व्यक्तिहरुले अपरिचित नम्बरबाट फोन गरेर धम्काउँदै आएको बताउँदै प्रकाशले आक्रमणकारीलाई कानूनी कारवाहीको माग गरेका छन् ।

२०७५ असार २,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको