ओमप्रकाश गुप्ता/असार २, भालुवाङ । राप्ती नदीमा नुहाउन भनि गएका एकजना बालकको डुवेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा निमित्त प्रमुख रामप्रसाद घर्तीका अनुसार शनिवार दिउँसो सवा १२ बजे तिर राप्ती नदीमा नुहाउने क्रममा राप्ती गाउँपालिका वडा नं. १ पाखापानी निवासी १२ बर्षीय बालक हरिश बुढा क्षेत्रीको डुवेर मृत्यु भएको हो ।
गर्मी छल्न भन्दै साथिहरुसंग नुहाउन भनि गएका बुढा क्षेत्री नुहाउँदै गर्दा राप्ती नदीमा डुवेपछि उनका साथीहरुले उनको गम्भीर अवस्थामा उद्धार गरेका थिए ।
स्थानीय स्तरमा प्राथमिक उपचार पछि थप उपचारका लागि बुटवल तर्फ लैजाँदै गर्दा गम्भीर अवस्थाका बुढा क्षेत्रीको शनिवार दिउँसो बाटो मै मृत्यु भएको डिएसपी घर्तीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस