दाङमा हिलो सहितको वर्षा भएपछि स्थानीय अचम्मीत


ओमप्रकाश गुप्ता/असार २, भालुवाङ । दाङ देउखुरीमा शुक्रवार दिनभर जसो हिलो सहितको बर्षा भएको छ ।

पार्किङ गरेर राखिएका मोटरसाईकल, वोटविरुवाका पात र सेतो कपडा लगाएर मोटरसाईकलमा यात्रारत व्यक्तिका कपडा हिलाम्मे भएपछि धेरै जना अचम्मीत भएका छन् ।

दाङको घोराही, लमही र भालुवाङ क्षेत्रमा हिलो सहितको हल्का बर्षा भइरहेको छ । जल तथा मौसम पूर्वअनुमान महासाखा काठमाण्डौंका मौसम विद बरुण पौडेल भने त्यसलाई स्थानीय धुलोको प्रभाव भन्दा पनि बाह्य देशको धुलोको प्रभाव भएको बताएका छन् । ‘भारतको राजश्थान मरुभूमिवाट उडेर आएको धुलोको प्रभावले गर्दा दाङमा हिलोसहितको बर्षा भएको हो,- उनले भने ।

नेपालको पश्चिम क्षेत्र दाङ भारतसंग सीमाना जोडिएको भूभाग पर्ने भएको हुँदा भारतको मरुभूमिवाट आएको धुलोको प्रभावले हिलोसहितको बर्षा भएको मौसमविद पौडेलको तर्क छ । उनले राजश्थानमा बिहीवार व्यापक धुलो उडेको र त्यो धुलो हावाहुरीको माध्यमवाट बायुमण्डलमा पुगेको हुँदा त्यही धुलो पानीमा मिसिएर झरेको जानकारी दिए ।

त्यसमा स्थानीय धुलो पनि मिसिएको हुन सक्छ, तर, त्यसले मात्रै हिलोसहितको बर्षा हुन सक्दैन पौडेलले भने । पूर्वी क्षेत्रमा रहेको मनसुनी गतिविधी राम्रो संग दाङ लगाएत पश्चिम नेपाल पुगि नसक्नुको परिणामले गर्दा ठूलो बर्षा नहुँदा वायुमण्डलमा पुगेको धुलो पानी संगै झर्दा हिलोवर्षा भएको उनले बताए ।

उनले यस्तो बर्षा अघिपछि लामो खडेरी हुँदा पहिलो पटक वर्षा हुँदा हुन सक्ने भएपनि त्यो नगन्ने मात्रामा हुँदा सामान्य आँखाले देख्न नसकिने जानकारी दिए । उनले दाङमा शुक्रवार रातिसम्म फेरि वर्षा हुने र त्यसले आँकास सफा भएपछि हिलो सहितको बर्षा रोकिने बताए ।

मौसम विद पौडेलले यस्तो बर्षाले मानवश्वास्थ्यमा त्यस्तो खासै असर नपुग्ने जानकारी दिदै तर त्यसमा अम्लिए बर्षा भएको खण्डमा भने त्यसले छाला सम्वन्धी समस्या हुन सक्ने खतरा औंल्याएका छन् ।

२ असार २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको