म स्वतन्त्र माओबादी हुँ, र म माओबादी भएरै मर्न चाहन्छु :खाउबादी, दाउबादी हुन चाहान्न ।
युद्द बेला माओवादीका जुझारु नेताको रुपमा चिनिने लोकेन्द्र बिष्ट मगर अचेल निस्क्रिय छन् । माओवादी केन्द्रको पछिल्लो गतिविधिबाट निराश बनेका मगर ‘पार्टीले गलत लाईन लियो’ भन्दै असन्तुष्ट बने ।
रोचक त के भने, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा नै दिइसकेका छन् उनले ।
न उनको राजीनामा स्विकृत भएको छ न त उनलाई स्पष्टिकरणका लागि बोलाइयो नै । यस हिसावले पनि उनी माओवादी पार्टी सांगठनिक र बैचारिक हिसावले पनि कमजोर बनेको उनको बुझाइ छ । यद्यपि वाम एकताको अभ्यासमा उनको ‘पहिलेको पार्टी’ माओवादी जुटिरहँदा उनी भने वैकल्पिक शक्तिको खोजीमा छन् ।
‘माओवादी भन्दा एमाले गरिखाने पार्टी हो, तर प्रचण्ड घुसेपपछि उस्तै हुने छ, भन्दै नेपालआजको अन्तरवार्तामा लोकेन्द्र बिष्टले अब वामपन्थी पार्टीको धर्ती खाली भएकोले त्यो धर्ती पूरा गर्नुपर्ने आवस्यकता औंल्याए । साथै वाम एकतापछि बिष्टले अर्को पार्टी निर्माण वा ‘अशली कम्युनिष्ट’ पार्टी निर्माणमा लाग्ने शंकेत पनि दिएका छन् ।
हेर्नुहोस उहाको भिडियो अन्तर्वार्ता:
नेपाल आजबाट
प्रतिक्रिया दिनुहोस