पूर्वीरुकुम ढडेलोमा परी दुईजनाको ज्यान गयो, एक घाइते


रुकुमपूर्व, माघ २

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको जंगलमा लागेको डढेलोमा परेर दुईजनाको मृत्यु भएको छ। पुथा उत्तरगंगा ३ को लालपाटन जंगलमा गएको शुक्रबारदेखि लागेको डढेलोमा परेर घाँसदाउरा गर्न गएका दुई जनाको मृत्यु भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए।

पुथा उत्तरगंगा ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको डढेलोमा परेर मृत्यु भएको हो। उनीहरु दुवैजनाको डढेलोमा परेर आइतबारै मृत्यु भएपनि घटनास्थल विकट ठाउँमा भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाले बताए।

डढेलोमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएका छन्। उनलाई जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ लगिएको छ। पुथाको जंगलमा अहिले पनि डढेलो लागिरहेको स्थानीयबासीले बताएका छन्।

२ माघ २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको