केपी ओलीको फोटो दुरुपयोग गर्ने मोरंग अनलाइनलाई प्रेस काउन्सिल नेपालले बन्द गर्यो


अनलाइन मिडियाहरुमा देखिने भ्रमित समाचारहरुले सिमा नाघ्दा ज्युदा केपी ओलीलाई दुर्घटनामा मृत्यु भएको खबर प्रकाशित गर्ने मोरंग अनलाइन अहिले बन्द भएको छ ।

हाल बिदेशमा उपचार गरिरहेका एमाले अध्यक्ष केपी ओलीको तस्बिर प्रयोग गरि पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय समबेदनाको ख्याल नगरी समाचार सम्प्रेसन गरेको भन्दै प्रेस काउन्सिल नेपालले मोरङ अनलाइनलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण मागे पछी उक्त अनलाइन बन्द भयो हो ।

उक्त अनलाइनले पुस २९ गते ‘दु:खद खबर: जीप दुर्घटनामा एमाले अध्यक्ष खड्ग सहित ५ जनाको मृत्यु’ भन्ने शीर्षकमा प्रकाशित संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्युको समाचारमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद ओलीको तश्विर प्रयोग गरेको थियो |

यस्तो दिग्भ्रमित बनाउने समाचार मोरंगअनलाइनले प्रकाशित गरेपछी सामाजिक संजालमा तिब्र आलोचना बढेको थियो । अनलाइन भिउरहरु भित्र्याउन यस्तो समाचार बनाउने अनलाइनलाइ बन्द गर्न फेसबुक कर्ताहरुले कडा बिरोध गरे पछी, पछिल्लो दिन उक्त समाचार अनलाइनबाट सच्याइएको थियो ।

यस्तो थियो मोरंग अनलाइनले सच्याइएको समाचार
हिजो यस मोरङ अनलाइनबाट प्रकाशित दु:खद खबर: जिप दुर्घटनामा एमाले अध्यक्ष सहित पाँच जनाको मृत्यु शिर्षकमा भुलबस माननीय केपि ओलि ज्युको तस्बिर पर्न गएकोमा पाठकबर्गहरुमा पर्न गएको भ्रम प्रती क्षमा माग्दै उत्त समचार सज्याइको जानकारी गराउदछौ। साथै अबका दिन कुनै पनि प्रकारका भ्रामक तस्वीर तथा समाचार प्रकाशित गरिने छैन ।

यस्तो थियो घटनाको वास्तविकता

संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको थियो ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो ।

यो दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका एमालेका स्थानीय नेता सुरेश राईसहित पाँचजनाको मृत्यु भएको ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काका अनुसार यो दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । यो जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए ।

प्रेस काउन्सिलको निर्देशन

हाल बिदेशमा उपचार गरिरहेका एमाले अध्यक्ष केपी ओलीको तस्बिर प्रयोग गरि पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय समबेदनाको ख्याल नगरी समाचार सम्प्रेसन गरेको भन्दै प्रेस काउन्सिल नेपालले मोरङ अनलाइनलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण मागेको छ ।

प्रेस काउन्सिलले एक निर्देशन जारि गर्दै पत्रकार आचारसंहिता २०७३ को दफ्फा ५(५), ५(७) को नियम उलंघन हुन गएको ठहर गरि सोहि दफा नम्बर ७ (क) बमोजिम क्षमायाचना सहित प्रकाशन गर्न आदेश अनुसार निर्देशन दिएको हो ।

काउन्सिल द्वारा जारि बिज्ञप्तिमा भनिए अनुसार के कति कारणले यसो हुन गएको हो त्यसको स्पष्टीकरण २४ घण्टा भित्र पेश गर्न निर्देशन दिदै, बिज्ञप्तिमा भनिएको छ ‘यदि नदिए प्रचलित एन कानुन, एबं पत्रकार आचारसंहिता बमोजिम कारबाही भइजाने बेहोरा समेत जानकारी गराइन्छ ।

२ माघ २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको